काठमाडौं । श्रीमतीमाथि बलात्कार गरेका आरोपमा प्रहरी एक नेपाली सेनाका जवानलाई पक्राउ गरेको छ । ओखलढुंगा घर भई हाल ललितपुरमा बस्दै आएका सेनाका जवानमाथि आफ्नै श्रीमती बलात्कार गरेको आरोप लागेको छ ।
झापा माईत भएकी ति महिलाले आफ्नै श्रीमानमाथि बलात्कारको आरोप लगाएकी हुन् । २०७४ साल जेठ १ मा भागी विवाह गरेका उनीहरु केही समयदेखि अलग अलग बस्दै आएका थिए ।
गत असोज ७ गते साँझ खाना आएर कोठामा टिभी हेरिरहेको अवस्था श्रीमान आईपुगे । आफैँ कोठाको चुकुल लगाएर उनले श्रीमतीसँग यौनसम्पर्कको प्रयास गरे। तर, उनले मानिनन्। आफूले खाने बस्ने र राम्रो माया गर्ने सुनिश्चित नभएसम्म यौनसम्पर्कका लागि आफू तयार नभएको उनले अडान लिईन् ।
श्रीमानले चाहिँ मायालाई तर्साउन थाले। बढी होहल्ला गरे बेइज्जत हुने र आफूले सकुशल पनि नछाड्ने धम्की दिएका थिए । त्यसपछि उनले जबरजस्ती धम्की दिएर यौन सम्पर्क राखे । जबरजस्ती यौन सम्पर्क राखेको भन्दै ति महिलाले प्रहरीमा उजुरी दिईन् ।
२६ वर्षीय ति पुरुषलाई आफ्नै श्रीमतीमाथी जबरजस्ती करणी गरेको आरोपमा कात्तिक २७ गते पक्राउ गरेको हो । जबरजस्ती करणी गरेको भन्दै ति महिलाले श्रीमानविरुद्ध गत असोज १९ गते महानगरीय प्रहरी वृत सातदोबाटोमा उजुरी दिएकी थिइन्, प्रहरीले नेपाल आर्मीलाई पत्राचार गरी उनलाई नियन्त्रणमा लिएको हो ।
यतिबेला घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । भदौं १ गतेबाट लागू भएको नयाँ कानुनले श्रीमतीको इच्छाविपरित यौन सम्बन्ध राख्नुपनि बलात्कार मानिन्छ ।
श्रीमतीमाथि जबरजस्ती करणी गरेको प्रमाणित भए पाँच वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । प्रहरीले उनीविरुद्ध सोही अन्र्तगत कारवाहीको लागि प्रक्रिया अगाडि बढाएको छ ।































प्रतिक्रिया