जिल्लाको बडिमालिका नगरपालिका–९ बाउलीकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–९ बाउली बस्ने पेमाग्ल्बो गुरुङकी श्रीमती वर्ष ४५ की दावासाङ्मु गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।
मृतक गुरुङ मार्तडीको गैरीबजारमा रहेकोे बलवीर गुरुङको घरमा पूजा सकेर शनिबार साँझ फर्किने क्रममा जिल्ला अस्पतालको डिलबाट खसेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
मृतक गुरुङको शव कच्चीबाटबाट करीब २५ मिटर तल साफेमार्तडीको पिच सडकमा अहिले बिहान ४ः४५ बजेतिर स्थानीवासीले फेला पारेको बताएको छ । मृतककको शवलाई परीक्षणका लागि अहिले जिल्ला अस्पताल बाजुरामा राखिएको प्रहरी प्रमुख भाटले जानकारी दिए । रासस





























प्रतिक्रिया