काठमाडौं महानगर कार्यालयमा तनाव, ताला फुटाउने प्रयास

काठमाडौं महानगर कार्यालयमा तनाव, ताला फुटाउने प्रयास

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र यतिबेला तनावको स्थिती पैदा भएको छ । प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं कार्यालयमा हाजिर हुन पुगेपछि नगर प्रहरीले हस्तक्षेप गर्दा तनाव सिर्जना भएको हो ।

गुरागाईंले आजबाट काममा फर्कने तयारी गरेपछि मेयर बालेन शाहको निर्देशनमा महानगर प्रहरी परिचालन भएका थिए । तर, कर्मचारी र जनप्रतिनिधिलेहरूले रोक्न नदिइ उनलाई कार्यालय प्रवेश गराएका ५न् । हाल गुरागाईंको कार्यकक्षमा लगाइएको ताला फुटाउने प्रयास गर्दा नगर प्रहरीले हस्तक्षेप गरेका छन् ।

ताला फुटाउने काम भइराख्दा नगर प्रहरी प्रमुख राजु पाण्डेसहितको ठूलो टोलीले हस्तक्षेप गरेको हो ।

Skip This
Skip This
Logo