काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे कर्मचारीहरूसँग आक्रोशित बनेका छन् ।
लामो समयदेखि तलब नपाएका कर्मचारीहरुले मेयर शाह र नगरप्रहरीको दादागिरी तोड्न अधिकृत सराेज गुरागाईंलाई कार्यालयमा प्रवेश गराउन भूमिका निर्वाह गरेपछि पाण्डे आक्रोशित बनेका हुन् ।
मेयर बालेनको निर्देशनमा सर्वसाधारणमाथि निकै ठूलो शासन चलाउँदै आएका पाण्डे बिहीबार पनि कर्मचारीहरुमाथि आक्रोशित हुँदै कर्मचारीको ठाउँमा बसेर काम गर्नु भन्दै रिस पाेखे ।
आज प्रमुख प्रशासकीय अधिकृतगुरागाईँलाई कार्यालयभित्र प्रवेश गराउने क्रममा नगर प्रहरी र कर्मचारीबीच घम्साघम्सी नै चलेको थियो । कर्मचारी र जनप्रतिनिधिले गुरागाईँलाई स्वागत गरेर कार्यालयभित्र प्रवेश गराउँदा नगर प्रहरीले रोक्ने प्रयास गरे पनि सफल हुन सकेनन् ।
कर्मचारीले प्रशासकीय अधिकृतको कार्यकक्षको ढोकामा लागेको ताल्चा फुटाउने प्रयास गर्दा पाण्डे कर्मचारीहरुमाथि आक्रोशित बनेका थिए । पाण्डेले कर्मचारीहरुलाई विभिन्न आरोप लगाउँदै पत्रकारहरुसँग भने, ‘कर्मचारीहरू काम नगरेर यसरी कार्यालयभित्र तोडफोड गरिरहेका छन् ।’ तर पाण्डेले भनेजस्तो कर्मचारीहरुले सो गरेका भने थिएननन् ।
मेयर बालेनले विवाद समाधान गर्न नसक्दा निकै लामोसमयदेखि कर्मचारीहरुले तलब पाउन सकेका छैनन् ।































प्रतिक्रिया