बढ्दाे प्रदूषणबाट बच्न हप्तामा दुई दिन सार्वजनिक बिदा दिन मन्त्रालयको सुझाव

बढ्दाे प्रदूषणबाट बच्न हप्तामा दुई दिन सार्वजनिक बिदा दिन मन्त्रालयको सुझाव

केन्द्रबिन्दु
240
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा बढिरहेको वातावरण प्रदूषण नियन्त्रणका लागि सहरी विकास मन्त्रालयमा छलफल भएको छ ।

आज भएको सरोकारवाला र विज्ञहरूसँगको छलफलमा काठमाडौं उपत्यकामा दैनिक बढिरहेको प्रदूषण नियन्त्रणका लागि हस्तामा दुई दिन सार्वजनिक बिदा दिने विषयमा छलफल भएको कार्यवाहक प्रधानमन्त्री समेत रहेका सहरी विकासमन्त्री प्रकाशमान सिंहले जानकारी दिए ।

साथै जोर–बिजोर गरेर सवारी साधन चलाउन सरकारलाई सुझाव पनि दिएका छन् ।

यस्तै, सडक र अन्य आयोजना निर्माण गर्दा समेत अनिवार्य रूपमा प्रदूषणसम्बन्धी शुल्क तिर्ने व्यवस्था गरिनुपर्नेमा विज्ञहरूले सुझाव दिएका छन् ।

मन्त्री सिंहले उद्योगधन्दा कलकारखाना लगायत अन्य पूर्वाधार निर्माणका कारण बढ्दै गएको प्रदूषण रोक्न पहल गर्ने विषयमा आफू गम्भिर रहेको समेत बताएका छन् । सम्बन्धित निकायसँग छलफल गरेर प्रदूषण न्यूनीकरण गर्ने विषयमा आफूले कदम चाल्ने उनको भनाइ छ ।

Skip This
Skip This
Logo