काठमाडौं । तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंका दाईलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार काठमाडौँबाट प्रसाईंका दाई राकेश प्रसाईंलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।
हाल दुर्गा प्रसाईं फरार छन् । यसअघि दुर्गा प्रसाईंकको निजी सुरक्षामा खटिएका व्यक्तिसहित उनका सहयोगी पक्राउ परेका थिए ।
चैत १५ गते तीनकुनेमा भएको राजावादीहरुको आन्दोलन हिंसात्मक बनेको थियो, जहाँ एक पत्रकारसहित २ जनाको ज्यान जाँदा कैयौं घाइते भएका थिए । करोडौंको भौतिक क्षति भएको थियो । यसमा प्रकरणमा सय बढी पक्राउ परिसकेका छन् । तर, मुख्य कमाण्डर दुर्गा प्रसाईं भने फरार रहेका हुन् ।





























प्रतिक्रिया