सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका ७ दुधडेरी चोकमा बिहीबार बिहान मिनी ट्रक र कन्टेनर ठोक्किँदा दुवै सवारीका चालक घाइते भएका छन् । बिहीबार बिहान ९ः२० बजे बरहथवाबाट हीरापुरतर्फ जाँदै गरेको प्रदेश–३–०१–०२३ च ९४४७ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४८ नम्बरको कन्टेनर आपसमा ठोक्किँदा दुवै गाडीका चालक घाइते भएका हुन् ।
दुर्घटनामा मिनी ट्रकका चालक काभ्रेको पाँचखाल नगरपालिका २ बस्ने २० वर्षीय सुरेश तामाङ र कन्टेनर चालक मकवानपुरको थाहा नगरपालिका १० बस्ने २६ वर्षीय दीपेन्द्र गोपाली घाइते भएका इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।
मिनी ट्रक चालक तामाङको टाउको र दाहिने खुट्टा तथा कन्टेनर चालक गोपालीको कानमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । दुवै घाइतेको शङ्कट मोचन अस्पताल बरहथवामा उपचार चलिरहेको छ । दुई सवारी आपसमा ठोक्किँदा दुवै गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया