काठमाडौं । तीनकुने घटनापछि फरार भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरी नियन्त्रणमा लिएको छ । उनलाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं ल्याउने क्रममा उनलाई हत्कडी लगाएर चन्द्रगढी विमानस्थल पुर्याइएको थियो । बोर्डिङ पास भएर उनी र उनका बडिगार्ड दीपक खड्का अहिले प्लेन समेत चढिसकेका छन् ।
जहाज चढ्ने बेलामा भने हत्कडी खोलिएको छ । कालो चश्मा र पहेँलो ह्याटमा सजिएका प्रसाईं जहाजभित्र पसेर यात्रुलाई हात हल्लाएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
पूर्वराजावादीहरूले यही चैत १५ गते तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसूर गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया