काठमाडौं । तीनकुने घटनापछि फरार भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरी नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको छ । झापाको भद्रपुरबाट नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानका लागि प्रसाईंलाई जहाजमार्फत काठमाडौं ल्याइएको हो ।
प्रसाईंलाई विमानस्थलबाट सुटुक्क प्रहरी परिसर काठमाडौं पुर्याइएको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लिन नेपाल प्रहरीका केही गाडी भित्रै गएका थिए । त्यसमध्ये एउटा गाडीले सञ्चारकर्मीको आँखा छल्दै वैकल्पिक बाटोबाट उनलाई बाहिर निकालेको हो । उनीमाथि आजै म्याद थप्ने तयारी छ ।































प्रतिक्रिया