महानायक राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ को गीत सार्वजनिक

महानायक राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहाः अवतार’ को गीत सार्वजनिक

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । कुनै बेलाको चर्चित फिल्मी गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ले पुनर्जीवन पाएको छ।

फिल्म ‘दैव संजोग’ मा समावेश गरिएको यो गीत ‘नरसिंहाः अवतार’ का लागि रिक्रियट गरिएको हो। बुधबार आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो । गीतमा शम्भुजीत बासकोटाको स्वर, शब्द र संगीत छ। यो गीतको ओर्जिनल भर्सनमा गायक शम्भुजित बास्कोटा र गायिका देविका बन्दनाको स्वर थियो भने रिक्रियट भर्सनमा शम्भुजीत बास्कोटा र गायिका रचना रिमालले स्वर दिएका छन्।

महानायक राजेश हमालको ८ वर्षपछिको कमब्याक फिल्म भएका कारण पनि यो फिल्मको चर्चा निकै छ। यो गीतले फिल्मको हाइप अझै उच्च बनाउने विश्वास पनि गर्न सकिन्छ। यो गीतमा महानायक हमालले अभिनेत्री नीति शाहसँग जोडी बाँधेका छन्। गीतमा शम्भुजीतकै शब्द तथा संगीत रहेको छ। कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतको भिडियोलाई राजु विक्रम थापाले खिचेका हुन्। गीतको भिडियोको सम्पादन साहिल खानले गरेका छन्।

यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु महाानायक राजेश हमाल र नीति शाहका अलावा राज कटुवाल, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकारहरु एभेलिना खड्का र समाइरा थापाको नृत्य छ।

फिल्ममा नीर शाह, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, माइकल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन लगायतका कलाकारहरुको पनि अभिनय छ।

एक्सन र लभ स्टोरी कथामा निर्माण भएको ‘नरसिंहा अवतार’ को निर्मातामा दिपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने र नेम महर्जन छ। फिल्म जेठ ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

Skip This
Skip This
Logo