काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहारको प्रयास भएको छ।
बिहीबार राति अध्यक्ष चौधरीलाई लक्षित गरेर गोली प्रहार भएको हो । तर भाग्यवश उनी गोलीबाट छलिए । चौधरीलाई शौचालय गएर फर्किने क्रममा घरको कम्पाउन्ड बाहिरबाट सानो हतियारबाट गोली प्रहार भएको पाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
यद्यपि अध्यक्ष चौधरीलाई गोली नलागेकाले उनी सुरक्षित छन् । हाल घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको र गोली प्रहार गर्नेमाथि अनुसन्धान भइरहेको बताइएको छ ।





























प्रतिक्रिया