काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनका कारण काठमाडौं उपत्यकामा सहज ढङ्गले सवारीसाधन सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिन भएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौंको माइतीघरबाट बबरमहल हुँदै नयाँ बानेश्वरसम्म मुख्य लेन भएर चल्ने सवारीसाधनलाई सर्भिस लेनबाट पठाइरहेको छ। यसैगरी सवारी साधनहरूलाई सिनामंगल, तिनकुने, थापाथली, रणोदिप लगायत बाटोबाट घुमाइएको छ।
डाइभर्सनका कारण सिंहदरबार दक्षिणगेट, माइतीघर, अनामनगर, हनुमानथान र थापागाउँ हुँदै चल्ने सवारीसाधन क्युमा चलिरहेका छन्। सवारी चाप समेत बढेपछि कोटेश्वर, गौशाला, चाबहिल, सोह्रखुट्टे, लैनचौर, रणोदिप, कृष्णपाउरोटी, पुतलीसडक, त्रिपुरेश्वर, थापाथली र कुपण्डोलमा पनि जाम देखिएको छ।





























प्रतिक्रिया