ललितपुर महानगरका सल्लाहकार शिक्षाविद् केदारलाल रहेनन्

ललितपुर महानगरका सल्लाहकार शिक्षाविद् केदारलाल रहेनन्

केन्द्रबिन्दु
0
Shares

ललितपुर ।

ललितपुर महानगरपालिकाका सल्लाहकार शिक्षाविद् प्रा.डा. केदारलाल श्रेष्ठको निधन भएको छ । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा ८३ वर्षीय श्रेष्ठको निधन भएको महानगरद्वारा जारी शोक विज्ञप्तिमा उल्लेख छ ।

उनी केही समय अघिदेखि अस्वस्थ थिए । महानगरप्रमुख चिरीबाबु महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ,‘दिवंगत आत्माको चीर शान्तिको कामनासहित श्रद्धाञ्जली अपर्ण गर्दै शोकसन्तप्त परिवारजनमा ललितपुर महानगरपालिका गहिरो समवेदना व्यक्त गर्दछ । ’ स्वर्गीय केदारलालका पत्नी, दुई छोरा र दुई छोरी छन् ।

Skip This
Skip This
Logo