सुधार केन्द्रमा भर्ना भएका व्यक्तिहरूलाई शारीरिक यातना !

सुधार केन्द्रमा भर्ना भएका व्यक्तिहरूलाई शारीरिक यातना !

केन्द्रबिन्दु
411
Shares

रौतहट । रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रले भर्ती भएका व्यक्तिहरूलाई शारीरिक यातना दिएको दृश्य बाहिरिएको छ ।

कबिर चौकदेखि पश्चिमपट्टि रहेको यो सुधार केन्द्रमा अमानविय तरिकाले शारीरिक यातना दिएको दृश्य सार्वजनिक भएको हो ।

सामाजिक सन्जालमार्फत सार्वजनिक भएको दृश्यमा एक युवकलाई यातना दिएर पिटेको देखिन्छ । यस्तो अमानवीय व्यवहार गर्ने अधिकार कसले दिएको भन्दै घटनाको आलोचना भइरहेकेा छ । साथै कानुनी कारबाही अगाडि बढाउन पनि आग्रह गरेका छन् ।

सुधार केन्द्रको गौर नगरपालिका नगरप्रमुख शम्भु साहले उद्घाटन गरेका थिए, त्यहाँ भर्ती भएका व्यक्तिहरूलाई यातना दिइएको दृश्यले सामाजिक सन्जालमा चर्को आलोचना भइरहेको हाे ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले घटनाको यथार्थ विषयमा आवश्यक अनुसन्धान भइरहेको बताए । घटना भए/नभएको बुझेपछि मात्र थाहा हुने भन्दै यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको उनले उल्लेख गरेका छन् । आफूले पनि सामाजिक सन्जालमा नै देखेकाले वास्तविकता के हो अनुसन्धान गरेपछि थाहा हुने उनले जानकारी दिए ।

Skip This
Skip This
Logo