भारत-पाकिस्तानकाे तनाव मत्थर पार्न ठोस कदम चाल्न आग्रह

भारत-पाकिस्तानकाे तनाव मत्थर पार्न ठोस कदम चाल्न आग्रह

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । भारत–पाकिस्तानबीच देखिएको विद्यमान तनाव मत्थर पार्न र शान्ति प्रवर्द्धनका लागि ठोस कदम चाल्न आग्रह गरिएको छ । मानवअधिकार तथा शान्ति समाजले शान्ति प्रवर्द्धनको माग गर्दै लैनचौरस्थित भारतीय राजदूतावास र चुनदेवीस्थित पाकिस्तानी राजदूतावास अगाडि प्रदर्शन गरेको छ ।

छुट्टाछुट्टै प्रदर्शनमा दक्षिण एसियाका दुई राष्ट्रहरू भारत र पाकिस्तानबीच बढ्दो तनाव र पछिल्लो समय विकसित सम्बन्ध दक्षिण एसियाका लागि मात्र नभएर विश्व शान्तिका लागि पनि चिन्ताको विषय भएको समाजले उल्लेख गरेको छ ।

‘आतङ्कवाद सदैव निन्दनीय छ’, ‘अतिवाद र आतङ्कवाद मानवताका शत्रु हुन्’, ‘शान्तिको कुनै विकल्प हुँदैनः युद्धको कुनै भविष्य हुँदैन’, ‘दक्षिण एसियालाई युद्धरहित क्षेत्र बनाऔँ’, ‘युद्धमा कसैले पनि जित्दैनन्, पराजित केवल मानवता हुने गर्दछ’, ‘युद्धमा सबैको क्षय हुन्छ, शान्तिमा सबैको जय हुन्छ’ लेखिएका प्लेकार्डहरूसहित सहभागीद्वारा प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल, पूर्वसभापतिहरू रामकृष्ण बराल, होमकान्त चौलागाईँ, सल्लाहकार रामप्रसाद जोशी, कोषाध्यक्ष चन्द्रमणि बन्जारा, बागमती प्रदेश सचिव दिवाकर पुडासैनी, केन्द्रीय सदस्य नम्रता खरेल, उमा गौतम, रोजिना विष्ट, मणिराम दाहाल, काठमाडौँ शाखा सभापति बिकास थापा, लतिलपुर शाखा सभापति मनबहादुर थापा, चिवतन शाखा सभापति पूर्णचन्द्र चापागाईँ, सदस्यता अपिल समिति संयोजक किरण ढकाल, आजीवन सदस्य ईश्वर पुडासैनी, रविना पौडेल, तुलसीराम भण्डारीलगायतको सहभागिता थियो ।

Skip This
Skip This
Logo