काठमाडौं । हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशीका अधिकांश भू—भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो, कोशी प्रदेश लगायत देशको पहाडी भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू—भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू—भागका एक/दुई स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू—भागका एक÷दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राती भने कोशी प्रदेश लगायत देशको पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागमा मुख्यतया सफा रहनेछ।
कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू—भागका एक÷दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छमहाशाखाले जनाएको छ ।
कोशी प्रदेश र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू—भागका एक/दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।































प्रतिक्रिया