सञ्चारकर्मी दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

सञ्चारकर्मी दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । सञ्चारकर्मी दिलभुषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको छ ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले नक्सालस्थित हिल्टन होटल खरिद गरेको भन्दै पाठकले भिडियाे सामग्री पाेष्ट गरेपछि त्यसमा परेकाे उजुरीका आधारमा उनीविरुद्ध अदालतले प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको हाे ।

हिल्टन होटल शंकर ग्रुपको स्वामित्वमा छ । होटलका प्रबन्ध निर्देशक शाहिल अग्रवाल र व्यापारी दीपक भट्टसँग मिलेर उनले होटल खरिद गरेको पाठकले समाचारमा आरोप लगाएका थिए ।

Logo