कतार उड्न लागेका सयौं नेपालीको त्रिभुवन विमानस्थलमै बिचल्ली

कतार उड्न लागेका सयौं नेपालीको त्रिभुवन विमानस्थलमै बिचल्ली

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । इरानले सोमबार राति कतारको राजधानी दोहा नजिकै रहेको एक अमेरिकी सैन्य अड्डामा मिसाइल प्रहार गरेपछि त्यसको प्रभाव नेपालमा पनि परेको छ ।

कतार उड्न तयार भएका नेपाल एयर लायन्स र हिमालयन एयरलाइन्सको उडान रद्ध भएका कारण विदेश जान लागेका सयौँ नेपाली बिचल्लीमा परेका हुन् । राति ११ बजे बोर्डिङ्ग पास गरेर उड्नका लागि तयारी अवस्थामा रहेको बेला फ्लाइट रद्द भएपछि उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रात कटाउन बाध्य भएका थिए ।

जारी इजरायल र इरान द्वन्द्वबीच अमेरिकाले शनिबार इरानमा हवाई आक्रमण गरेको थियो । त्यसको जवाफी कारबाही भन्दै इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको हो । तर, कतारको सुरक्षा संयन्त्रले ती मिसाइलहरू समयमै खसाल्न सफल भई जनजीवनमा कुनै क्षति नहोस् भन्ने सुनिश्चित गरेको छ।

अल उदीद सैन्य अड्डाबाट सुरक्षाका सबै आवश्यक कदमहरू अपनाउँदै समयमै सैनिक र कर्मचारीहरूको सुरक्षित स्थानान्तरण गरिएको थियो। यस आक्रमणबाट कुनै पनि व्यक्ति घाइते वा हताहत भएको विवरण नभएको पुष्टि गरिएको छ।

कतारको अल उदीद सैन्य अड्डा मध्यपूर्व क्षेत्रका लागि अमेरिकी तथा साझेदार राष्ट्रहरूको एक प्रमुख सैन्य आधार हो, जहाँ हजारौं सैनिकहरू तैनाथ छन्।

Skip This
Skip This
Logo