काठमाडौं । चर्चित निर्मता पन्त बलात्कारपछि हत्या प्रकरणमा मुछिएका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको डीएनए परीक्षण रिपोर्ट आएको छ । "/>

निर्मला प्रकरणमा मुछिएका एसपी विष्ट र उनका छोराको डिएनए मिलेन

निर्मला प्रकरणमा मुछिएका एसपी विष्ट र उनका छोराको डिएनए मिलेन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चर्चित निर्मता पन्त बलात्कारपछि हत्या प्रकरणमा मुछिएका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको डीएनए परीक्षण रिपोर्ट आएको छ । एसपी विष्टसहित उनका छोरा किरण र भीमदत्त नगरापालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको रिपोर्ट नमिलेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

रिपोर्ट अनुसार तीनै जनाको डिएनए मेल नखाएको कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कडायतले जानकारी दिए । उनले भने, ‘तीनै जनाको रिपोर्ट आएको छ। तर, मेल खाएन।’

आशंका गरिएका तीनै जनाको परीक्षण असफल भएपछि घटना थप रहस्यमय बनेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले एसपी विष्टको डिएनए परीक्षणका लागि टोलीसमेत गठन गरेको थियो ।

नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका फरेन्सिक चिकित्सक डा. हरिहर वस्तीसहितको टोलीले डिएनए परीक्षण गरेको थियो। यसअघि प्रहरीले मुख्य अभियुक्‍त भनेर सार्वजनिक गरेको दिलीपसि‌ंह विष्टको पनि डिएनए परीक्षण मिलेको थिएन।

Skip This
Skip This
Logo