मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–७ स्थित जनक माध्यमिक विद्यालय परिसरमा विद्यालय प्रशासनलाई थाहा नदिई भवन निर्माण सुरु गरेको पाइएको छ ।
विद्यालय परिसरमा स्व. नेत्र राईको नाममा भवन निर्माण कार्य सुरु गरिएको तर विद्यालय प्रशासनले खबर नभएको भन्दै आपत्ति जनाएको छ । विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सिं थिङले विद्यालय परिसरमै भवन निर्माण हुँंदा विद्यालय प्रशासनलाई कुनै जानकारी नआएको बताए ।
उनले भने, ‘विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनलाई जानकारी नदिई कसरी भवन निर्माण गर्न मिल्छ ?, विद्यालय जस्तो सार्वजनिक शैक्षिक संस्थाको क्षेत्रभित्र कुनै पनि संरचना निर्माण गर्दा सम्बन्धित निकायसँग पूर्व स्वीकृति, छलफल तथा पारदर्शिता अनिवार्य छ । तर यहाँ निर्माण समिति वा सम्बन्धित पक्षले सो प्रक्रिया पालना नगरेको देखिएको छ ।’





























प्रतिक्रिया