बाजुरा

बाजुराको गौमुल गाउँपालिका क्षेत्र भित्र मदिरा सेवनकर्तालाई परिचयपत्र अनिवार्य गरिएको विषयलाई लिएर सामाजिक सञ्जालमा व्यापक व्यंग्य गरियो । "/>

मदिरा कार्डले सामाजिक संजालमा व्यंग्य , गाउँमा शान्ति !

मदिरा कार्डले सामाजिक संजालमा व्यंग्य , गाउँमा शान्ति !

केन्द्रबिन्दु
0
Shares

बाजुरा

बाजुराको गौमुल गाउँपालिका क्षेत्र भित्र मदिरा सेवनकर्तालाई परिचयपत्र अनिवार्य गरिएको विषयलाई लिएर सामाजिक सञ्जालमा व्यापक व्यंग्य गरियो । गाउँपालिकाले बनाएको ‘मदिरा सेवन परिचयपत्र’ लाई सेयर गर्दै सामाजिक सञ्जालमा सो कार्यको हुर्मत लिनु सम्म लिइयो । तर सो गाउँपालिकाको यस कदमले स्थानीय स्तरमा छोटो समयमै प्रशंसा पाउन थालेको छ ।

‘मदिरा सेवन परिचयपत्र’ लागू गरेपछि गाउँमा मदिरा सेवन गरी होहल्ला गर्नेको संख्यामा उल्लेख्य रूपमा कमी आएको छ । झैझगडा लगायतका सामाजिक अपराधका घटनामा निकै कमी आएको छ । साथै अधिकांशले शान्ति महसुस गर्न थालेका छन् ।

‘गाउँमा विगतमा जतिपनि झैझगडा र कुटपिटका घटना हुने गरेका थिए, न्यायिक समितिमा आउने हरेक मुद्दाका पछाडि मदिराको कारण जोडिन्थ्यो, परिचयपत्र वितरणपछि न्यायिक समितिमा आउने मुद्दाको संख्या पनि ह्वात्तै घटेको छ,’ गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक सीता थापाले भनिन् ।

सो गाउँपालिकाका अध्यक्ष हरि रोकायले आफूहरूको कदमलाई लिएर सामाजिक सञ्जालमा व्यंग्य गरिएको भए पनि समाजमा भने राम्रो प्रभाव परेको बताए । ‘हामीले चालेको कदमले समाजमा सकारात्मक प्रभाव परेको छ, समाजमा दिन प्रतिदिन शान्ति छाउँदै गएको छ, हाम्रो लक्ष्य पनि यही हो,’ अध्यक्ष रोकायले भने ।

मदिरा सेवन परिचयपत्र लिन इच्छुकले परिवारको तीनपुस्ते विवरण पेस गरेर ५ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । परिचयपत्र लिनेले एक दिनमा १८० मिलिलिटर मदिरा सेवन गर्न पाउँछ । परिचयपत्र लिएकाले साँझ ६ देखि ९ बजेसम्म मात्र मदिरा पिउन पाउँछन् । यो नियम उल्लंघन गरे कारबाहीको पनि व्यवस्था गरिएको छ ।

अध्यक्ष रोकायका अनुसार यो ठाउँमा मदिरा सेवन गर्ने कार्यलाई गलत रूपमा बुझ्ने गरिएको छ । ‘गलत कामका लागि ५ सय रुपैयाँ तिरेर तीन पुस्ते विवरण दिनु सामाजिक रूपमा असजिलो हुने भएकाले पनि मदिरा सेवन गर्नेको संख्या घटेको हो,’ उनले भने ।
राजधानीबाट

Skip This
Skip This
Logo