रिस्ता राई/काठमाडौं । यतिबेला दशैको लागि अग्रिम टिकट बुकिङ खुला भईरहेको छ । यातायात व्यवसायीहरुले दशैंको लागि असोज ४ गते देखि अग्रिम टटकट बुकिङ खुल्ला गरेका हुन् । "/>

यात्रुहरुले किन पत्याएनन् यातायात व्यवसायीलाई ?

यात्रुहरुले किन पत्याएनन् यातायात व्यवसायीलाई ?

केन्द्रबिन्दु
0
Shares

रिस्ता राई/काठमाडौं । यतिबेला दशैको लागि अग्रिम टिकट बुकिङ खुला भईरहेको छ । यातायात व्यवसायीहरुले दशैंको लागि असोज ४ गते देखि अग्रिम टटकट बुकिङ खुल्ला गरेका हुन् । दशैंको टिकट बुकिङ खुल्ला भएपनि टिकट काट्ने ठाउँ नयाँ बसपार्कका काउन्टर भने यात्रुहरुको अभावमा खाली देखिएका छन् ।

विगतका वर्षमा टिकट काट्न यात्रुहरुलाई घण्टौं लाईन लाग्नुपथ्र्यो । टिकट पाउनु ठूलै युद्ध जितेजस्तो हुन्थ्यो । तर यो पटक भने अन्य बेलाजस्तै पुरै बसपार्क र काउन्टर नै खाली छन् ।

यात्रुहरुको धेरै चाप हुने नयाँ बसपार्कमा अधिकांश व्यवसायीहरु हाई काडेर बसिरहेका छन् । फाट्ट फुट्ट मात्र यात्रुहरु दशैंको बुकिङका लागि आईरहेका छन् । पुर्वाञ्चल तर्फ टिकट काट्ने व्यवसायीहरु यात्रुको चाप घट्नु नै नै दिनमा चल्ने सवारी साधनको चाप बृद्धि मुख्य कारण बताउँछन् ।

अहिले मानिसहरु छिटो र उज्यालो मै हिड्न रुचाउने र हायस, सुमो गाडीहरुको संख्या बढेकोले यात्रुहरुको चाप घटेको टिकट काउन्टरका स्टाफ कर्ण पौडेलले बताए । बुकिङ खुल्ला भएको दिन देखि आजसम्म २५ प्रतिशत मात्र बुकिङहरु भएको उनी बताउँछन् । पहिलेको यात्रुहरु बुकिङ गर्न आउनेको तुलनामा अहिले दोब्बरले घटेको उनको भनाई छ ।

यस्तै पश्चिमाञ्चल तर्फ टिकट बुकिङ काउन्टरका रबी प्रकाश ओलीले यातायातमा सुविधायुक्त सवारी साधनको मात्रा बढ्दो रहेको बताए । यात्रुहरु पनि अहिले नयाँ टेक्नोलोजीमा अघि बढिरहेको उनको भनाई छ । अब विस्तारै यात्रुहरुको चाप बढ्दै जाने उनले बताए । अहिले मानिसहरु घर मै बसेर टिकट बुकिङ गर्न सक्ने भएकाले यात्रुहरु काउन्टरसम्म नआएको उनको भनाई छ ।

Skip This
Skip This
Logo