रौतहट । रौतहटमा हिन्दु र मुस्लिम समूदायबीच झडप भएको छ । झपडलाई नियन्त्रणमा लिन प्रहरीले ४० राउण्ड हवाई फायर गरेको छ । चिहानको विषयलाई लिएर रौतहटको गरुडा ९ श्रीपुरमा स्थानीय दुई समुदायबीच विवाद हुँदा झडप भएको थियो ।
गरुडाको वाग्मती नदीमा शव जलाउने विषयमा स्थानीय वासिन्दाबीच विवाद भई झडप भएपछि नियन्त्रणका लागि प्रहरीले ४० राउण्डभन्दा बढी हवाई फायर गरेको रौतहट प्रहरी प्रमुख एसपी केदार ढकालले जानकारी दिए ।
झडप रोक्न गरुडामा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ । झडपका क्रममा केही गाउँले घाइते भएका छन् । झडप नियन्त्रणमा खटिएका केही प्रहरीसमेत घाइते भएका छन् । झडपलाई नियन्त्रणमा लिने क्रममा आधा दर्जन प्रहरी घाइते भएका हुन् ।
लामो समयदेखि हिन्दुहरुले शव जलाउँदै आएको क्षेत्रमा मुस्लिम समुदायका मानिसहरुलले बस्ती बसाउँदैं आएका थिए । उनीहरुले आफ्नो बस्तिमा मान्छे जलाउँन छोड्नुपर्ने माग गर्दै आएपछि झडपको स्थिति सिर्जना भएको हो । अहिले प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकाय प्रमुखहरु घटनास्थलमै रहेका छन् ।































प्रतिक्रिया