धनगढी । कञ्चनपुरमा छाउगोठमा सुतिरहेका बेला सर्पले डसेर एक महिलाको मृत्यु भएको छ ।
ज्यान गुमाउनेमा कृष्णपुर नगरपालिका–१ को निगालीकी २८ वर्षीया कमला आउजी छिन्।
सुतिरहेकी कमलालाई सर्पले बाँया गालामा डसेको थियो। स्वास्थ्यअवस्था गम्भीर भएपछि सेती प्रादेशिक अस्पताल पुर्याइएकोमा कमलाको उपचारका क्रममा शनिबार साँझ ८ बजे ज्यान गएको हो ।































प्रतिक्रिया