कृष्णसिंह धामी/काठमाडौं । महाराजगञ्जस्थित टिचिङ हस्पिटल आईसीसीयूको २ नम्बर बेडमा एक व्यक्ति एक महिनादेखि अचेत अवस्थामा छन् । "/>

निर्मलाको न्यायका निम्ति लडेका अर्जुन अझै कोमामा

निर्मलाको न्यायका निम्ति लडेका अर्जुन अझै कोमामा

केन्द्रबिन्दु
0
Shares

कृष्णसिंह धामी/काठमाडौं । महाराजगञ्जस्थित टिचिङ हस्पिटल आईसीसीयूको २ नम्बर बेडमा एक व्यक्ति एक महिनादेखि अचेत अवस्थामा छन् । उनी न त बोल्न सक्छन् । नत केही खान सक्छन् । कोही आएको पनि थाहा हुँदैन् । कोही बोलेको पनि उनलाई मतलब हुँदैन् । उनको कुरुवा बसेका दाई रात दिन भाईको सम्झना र यादमा तड्पिन्छन् ।

दाई यज्ञराज भण्डारा भाई एकैछिन बोलिदिए आनन्दले श्वास फेर्ने थिए । तर उनी कहिल्यै बोल्लान डाक्टरहरुले समेत यकिन गर्न सकेका छैनन् । डाक्टरहरु भन्छन्, ‘उनलाई निको त हुन्छ तर कहिल्यै हुन्छ त्यो भन्न सकिन्न् । एक महिना पनि लाग्न सक्छ, एक वर्ष पनि लाग्छ सक्छ ।’

दाई यज्ञराज भने भाई अर्जुनलाई कहिले होस आउँला र हृदयदेखि नै भाई भन्दै आफ्नो अंगालोमा लिउँला त्यही क्षणको पर्खाईमा छन् । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा न्यायिक आन्दोलनको क्रममा भदौं ६ गते प्रहरीको गोली लागेर अर्जुन भण्डारा गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै कञ्चनपुरबाट काठमाडौं रिफर गरिएको थियो ।

काठमाडौं आएलगत्तै भाईको कुरुवा बसेका दाई यज्ञराज न रातमा राम्ररी सुत्न सकेका छन् । नत राम्ररी भोक लागेर खाना खान पाएका छन् । उनलाई भोक, प्यास र निद्राभन्दा पनि आफ्नो भाईले एक शब्द दाई भनेको सुन्न आतुर छ । तर भाईले त्यो कहिले भन्ने न त डाक्टरलाई थाहा न त भगवानलाई ।

एकदमै गम्भीर मुद्रामा देखिएका यज्ञराज भन्छन्, ‘उनको उपचार त भईरहेको छ । तर अहिलेसम्म होस आएको छैन् । काठमाडौं ल्याएदेखि उनले एक बचन पनि बोलेका छैनन् । खाना समेत नाकबाट दिईरहेका छौं । त्यो पनि खानामा क्यालोरी हो ।’

सबै उपचार खर्च राज्यकोः
प्रहरीको गोली लागेर घाइते भएका अर्जुनको उपचारमा लाग्ने सबै खर्च राज्यले बेहोर्दै आएको छ । उनको उपचारमा अहिलेसम्म साढे ४ लाख रुपैयाँ खर्च भईसकेको छ । जुन राज्यले नै ब्यहोरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले उनको उपचार राज्यले गर्ने बताएका थिए । सोही अनुसार सबै उपचार खर्च राज्यले व्यहोरिरहेको हो ।

दाईको मनमा खड्केको प्रश्नः
यज्ञराजले भाईको कुरुवा बस्न थालेको आज २८ दिन पुग्यो । अहिलेसम्मको उपचार गराई हेर्दा उनलाई लाग्छ भाई निको हुन अझै धेरै समय लाग्छ । उनी टिचिङ हस्पिटलले केही लापरवाही गरेको जस्तो देख्छन् । भन्छन्, ‘भाईलाई अझैसम्म केही सुधार आएको छैन् । अझै कति लाग्ने हो थाहा छैन् ।’

यदि टिचिङले उपचार गर्न नसक्ने भए थप उपचारको लागि विदेश लैजाने कुरा पनि घर परिवारमा चलिरहेको छ । तर डाक्टरहरुले उनीहरुलाई ‘नेपालमा उपचार सम्भव नभए विदेशमा पनि हुँदैन्’ भन्दै आएका छन् । यज्ञराज भन्छन्, ‘टिचिङका डिनसँग भएको कुराकानीमा डिनले अर्जुनको उपचार नेपालमा हुँदैन भने घर लगे हुन्छ । तर विदेशमा पनि उपचार सम्भव हुँदैन् भनेका छन् ।’ तर पनि उनलाई कता–कता एक पटक विदेश लग्न पाए हुन्थ्यो जस्तो लाग्छ ।

अर्जुन अझै कोमामाः
अर्जुन अझै कोमामा छन् । एक महिनादेखि उनलाई आईसीयूमा राखिएको छ । उनको खुट्टा काटिएको छ । खुट्टामा त कुनै समस्या छैन् । तर उनको दिमागले काम गर्न सकिरहेको छैन् । चिकित्सकहरुले उनको ब्रेनमा चोट लागेका कारण समस्या भएको बताएका छन् ।

गोली लागेपछि उनको ब्रेनमा अक्सिजनको मात्रा कम भएर बेहोस भएको चिकित्सकहरुको भनाई छ । ब्रेनमा भएका ट्युशुहरु मरेकाले उनको दिमागले काम गर्न नसकेको हो । त्यो रिकभर हुन अझै समय लाग्ने चिकित्सकहरुले बताउँदै आएको यज्ञराजले बताए ।

अर्का घाइते उमेशको एक हात एक खुट्टा चल्दैनः

अर्जुन जस्तै गोली काण्डमा अर्का घाइते उमेश देउवा पनि टिचिङमै उपचार गराईरहेका छन् । हाडजोर्नी विभागको वेड नम्बर ४ सय १४ मा उमेशको उपचार भईरहेको छ । उनको बाँया खुट्टा र बाँया हात चल्न सकेको छैन् । खुट्टामा गोली लागेको थियो भने कोखामा गोलीको छर्रा लागेको थियो ।

उनको खुट्टामा पहिलो अप्रेशन भएको छ । अब दुई पटक अप्रेशन गर्नुपर्ने डाक्टरहरु बताउँछन् । कोखामा गोलीको छर्रा लाग्दा भित्रको नसा ड्यामेज भएर हात चल्दैन ।

डाक्टरहरुले अझै कति समयमा उमेश निको हुन्छन् भन्ने यकिन मिति दिन सकिरहेका छैन् । कुरुवा बसेका उमेशका बाबु यज्ञराज देउवा भन्छन्, ‘कहिले निको हुन्छ भन्नेबारे डाक्टरहरुले यकिन मिति दिन सकिरहेका छैनन् ।’

उनको पनि सबै उपचार खर्च राज्यले ब्यहोर्दै आएको छ । अहिलेसम्म झण्डै २ लाख जति खर्च भईसकेको बाबु यज्ञराजको भनाई छ । निर्मलाले न्याय पाए आफ्नो छोराले दिएको योगदानको कदर हुने उनी बताउँछन् । तर निर्मलाले न्याय पाउनेमा भने आशावादी छैनन् ।

लामो समय वितिसक्दा पनि अपराधी पत्ता लाग्न नसक्नुले निर्मलाले न्याय पाउने आश मरेको यज्ञराजको भनाई छ । बाबुसँगै छोरा उमेश पनि निर्मलाको हत्यारा पत्ता लाग्नेमा विश्वस्त हुन सकिरहेका छैनन् ।

उनी भन्छन्, ‘निर्मला बहिनीले न्याय पाएमात्रै आफुले सन्तुष्टिको श्वास फेर्छुहोला । उनले न्याय नपाउँदा सम्म मैले खाएको बन्दुकको गोली केही होईन् । निर्मलाको न्याय र अपराधीलाई पत्ता लगाउन भन्दै म आन्दोलनको गएको हुँ । तर प्रहरीले मलाई तोकेरै गोली हान्यो । गोली लाग्नेविक्तिकै म बेहोस भएर भुईमा लडे । ताकेर गोली हान्ने प्रहरीले नै मलाई उठाएर हस्पिटल लगे ।’

 

Skip This
Skip This
Logo