काठमाडौं । केही समय निजामती सेवामा भर्ना प्रक्रिया रोक्ने तयारी गरेको सरकार अन्ततः पछि हटेको छ । अब निजामतीमा भर्ना नरोकिने भएको छ । "/>

सरकार आफ्नो अडानबाट पछि हट्यो, निजामतीमा भर्ना नरोकिने

सरकार आफ्नो अडानबाट पछि हट्यो, निजामतीमा भर्ना नरोकिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केही समय निजामती सेवामा भर्ना प्रक्रिया रोक्ने तयारी गरेको सरकार अन्ततः पछि हटेको छ । अब निजामतीमा भर्ना नरोकिने भएको छ । सरकारले निजामती कर्मचारी भर्ना प्रक्रिया रोक्ने तयारी गरेको थियो । तर लोकसेवा आयोगले त्यसको प्रतिवाद गर्दै आएपछि सरकार आफ्नो अडानबाट पछि हटेको हो ।

आयोगको प्रतिवाद तथा तयारीमा रहेका युवाको दबाबका कारण लोकसेवाको भर्ना प्रक्रिया पुनः सुरु हुने भएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवाका विभिन्न पदमा रिक्त पदको विवरण संकलन गर्ने निर्णय गरेपछि लोकसेवा खुल्ने भएको हो। तर यस पटक रिक्त पदको संख्या न्यून हुनेछ ।

मन्त्रालयले सुरुको चरणमा विभिन्न मन्त्रालय र निकायमा रिक्त सहसचिव र उपसचिव दरबन्दीको विवरण पठाउन सबै निकायलाई पत्राचार गरिसकेको छ । साथै ती निकायले आवश्यक विवरण पठाउन थालेका छन् ।

लोकसेवाको भर्ना प्रक्रिया नियमित गर्ने गरी रिक्त दरबन्दी विवरण संकलन गर्ने निर्णय गरिएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जानकारी दिए।

लोकसेवा आयोगले पनि रिक्त दरबन्दीको विवरणसहितको माग पठाउन सामान्य मन्त्रालयलाई पत्राचार गरिसकेको छ। आयोग निजामती कर्मचारीको छनोट र भर्नाका लागि पूर्ण तयारीको अवस्थामा रहेको आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।

 

Skip This
Skip This
Logo