अरुण नदी आसपासका तटीय क्षेत्रमा सतर्क रहन आग्रह

अरुण नदी आसपासका तटीय क्षेत्रमा सतर्क रहन आग्रह

केन्द्रबिन्दु
18
Shares

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले माथिल्लो क्षेत्रमा भारी वर्षाका कारण बाढीपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

पछिल्लो तीन घण्टामा मकालु गाउँपालिकास्थित नुम वर्षामापन केन्द्रमा भारी वर्षा भएका कारण अरुण नदीलगायत खोलानाला आसपासका तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी दिब्यराज पोदरेलले जानकारी दिए ।

माथिल्लो क्षेत्रमा अत्यधिक वर्षा भएको र थप वर्षाको सम्भावना भएका कारण तटीय क्षेत्र आसपासकाका बस्तीका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको हाे ।

उक्त क्षेत्र भई बग्ने ससाना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भएकाले सो क्षेत्रका बासिन्दालाई सतर्क गराइएको हो ।

Skip This
Skip This
Logo