खोटाङका मेयर तीर्थराज भट्टराईले कपाल मुण्डन गरेर सुरु गरे सत्याग्रह

खोटाङका मेयर तीर्थराज भट्टराईले कपाल मुण्डन गरेर सुरु गरे सत्याग्रह

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले माइतीघर मण्डलमा सत्याग्रह सुरु गरेका छन् ।

स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले पटक(पटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले बेवास्ता गरेपछि नगर प्रमुख भट्टराईले कपाल मुण्डन गरेर सत्याग्रह सुरु गरेका हुन् ।

उनी बाँससहित बाँसको मान्द्रो, गुन्द्री, राडी, पराललगायत सामान बोकेर साउन ४ गते काठमाडौं आएका थिए । उनले यसअघि बाँसको कुर्सी प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र प्रधानन्याधिश प्रकाशमानसिंह राउतलाई उपहार दिइसकेका छन् ।

Skip This
Skip This
Logo