भेरी नदीको बाढीमा फसेका चार जनाको उद्धार

भेरी नदीको बाढीमा फसेका चार जनाको उद्धार

केन्द्रबिन्दु
21
Shares

काँक्रेविहार (सुर्खेत) । डोल्पाको ठुलीभेरी नगरपालिका–३ स्थित धुपीचौरमा भेरी नदीको बाढीमा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ । आज बिहान उर्लदो भेरी नदीले बगाएर ल्याएका दाउरा संकलन गर्न गएका चार जना पानीमै फसेपछि उनीहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उद्धार गरेको हो ।

उद्धार गरिएका व्यक्तिहरूमा त्रिपुरासुन्दरी नगरपालिका–६ पालङ्ग गाउँका ३३ वर्षीय ललित बोहोरा, २६ वर्षीय नन्दप्रसाद बोहोरा, ३७ वर्षीय श्यामलाल बोहोरा र ३५ वर्षीय लालकुमार बुढा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रुकबहादुर खड्काका अनुसार दाउरा संकलन गर्न गएका ती चार जना भेरी नदीको भेल दुईतिर बाँडिएपछि बीचमै फसेका थिए। खबर पाउनासाथ प्रमुख जिल्ला अधिकारी रोम महतको नेतृत्वमा सुरक्षा टोली घटनास्थलमा पुगेको थियो। हाल ठुलीभेरी नदीको सतह उच्च रहेको हुँदा प्रशासनले नदी तटीय क्षेत्रमा नजान र स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ।

जाजरकोटमा समेत उच्च सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

Logo