पानीको हाहाकार तोड्न मधेश प्रदेशले किन्याे ८ वटा दमकल

पानीको हाहाकार तोड्न मधेश प्रदेशले किन्याे ८ वटा दमकल

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । मधेश प्रदेश सरकारले पानीको हाहाकार तोड्न ८ वटा दमकल खरिद गरेको छ ।

गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले खरिद गरिएका आठमध्ये ६ वटा दमकल स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । ती दमकलमार्फत स्थानीय तहबाटै सङ्कटग्रस्त क्षेत्रमा खानेपानी आपूर्ति सुनिश्चित गरिनेछ।

पिउने पानी र सिँचाइका स्रोतसमेत सुकेपछि मधेस प्रदेश सरकारले प्रदेशलाई असार २६ गते सुक्खाग्रस्त घोषणा गरेको छ भने सङ्घीय सरकारले यही साउन ७ गते विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।लामो समयदेखि वर्षा नहुँदा अधिकांश क्षेत्रमा धान रोपाइँ हुन नसकेको र रोपिएका बिउहरू सुक्न थालेका छन् । यतिबेला देशभर धान रोपाईँ सम्पन्न भइसक्नुपर्ने हो । तर सबै भन्दा बढी धान उत्पादन हुने मधेसकै जिल्लाहरुमा पनि धान रोपाई सकिएको छैन । चापाकल सुकेपछि ट्यांकरबाट पानी ओसारेर पानी वितरण गर्नुपर्ने विडम्बना छ । सरकारले तत्काल ५०० वटा डिप बोरिङ खन्ने घोषणा गरेको छ तर, यो कदमले तराई मरुभूमि बन्न सक्ने विज्ञहरूको चेतावनी छ ।

Skip This
Skip This
Logo