ठमेल र महाराजगन्ज क्षेत्रबाट गुन्डा नाइके चक्रे मिलनसहित ४७ बढी पक्राउ

ठमेल र महाराजगन्ज क्षेत्रबाट गुन्डा नाइके चक्रे मिलनसहित ४७ बढी पक्राउ

केन्द्रबिन्दु
468
Shares

काठमाडाैं । गुण्डागर्दीमा संलग्न रहेकाे आराेपमा काठमाडाैंकाे महाराजगन्जबाट गुन्डा नाइके चक्रे मिलन पक्राउ परेका छन् ।

ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गर्न प्रहरीले चलाएकाे अपरेशनमा चक्रेसहित ४७ जना भन्दा बढी समातिएका हुन् । उनी यसअघि २०७४ वैशाख २६ मा पनि महाराजगन्जबाट पक्राउ परेर छुटेका थिए ।

यस क्रममा ठमेलबाट सानुभाइ उर्फ युवराज गुरुङ पनि पक्राउ परेका छन्। उनी प्रहरी इन्काउन्टरमा मारिएका कुमार ‘घैँटे’ का सहयोगी हुन् । पक्राउ परेकाहरूको स्क्रिनिङ गरेर थप अनुसन्धान हुने प्रहरीले जनाएको छ।

रेष्टुरेण्ट र रात्रि क्लबमा बसेर झैझगडा गर्ने र हप्ता असुल्ने गरेको गुनासो आएपछि गएराति गुण्डागर्दीविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरीले गुण्डागर्दीविरुद्ध अपरेसन चलाएको थियो ।

Logo