चक्रे मिलनसहित १९ जनालाई सात दिन हिरासतमा राख्न अनुमति

चक्रे मिलनसहित १९ जनालाई सात दिन हिरासतमा राख्न अनुमति

केन्द्रबिन्दु
99
Shares

काठमाडौं । गुण्डा नाइके चक्रे मिलन भनिने मिलन गुरूङसहित १९ जनालाई सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

काठमाडौंको महाराजगञ्ज र ठमेललगायतका क्षेत्रमा गुण्डागर्दीमा संलग्न रहेको भन्दै बिहीबार समातिएका उनीहरुलाई अदालतमा उपस्थित गराएर सात दिन अनुमति लिइएको हो । उनीहरुमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान हुनेछ ।

म्याद थप हुनेहरूमा चक्रे मिलन, गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप के।सी।, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्र देव कार्की, जित बहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही छन्। अरूलाई भने हाजिरी जमानीमा छोडिएको छ ।

Skip This
Skip This
Logo