काठमाडौं । चर्चित गायक पशुपति शर्मा सवार कार दुर्घटनामा परेको छ ।
बुधबार दिउँसो पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको उनी सवार कार अनियन्त्रित भएर सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा दुर्घटना भएको हो।
कार कल्भर्टमा ठोक्किन पुगेको थियो । कारमा शर्मासहित चार जना सवार थिए। दुर्घटनामा कारमा सामान्य क्षति भएको छ। दुर्घटनामा गायक शर्माको देब्रे हातको एउटा औला भाँचिएको छ भने अन्यको अवस्था सामान्य नै छ ।































प्रतिक्रिया