२०८२ भाद्र ०१ देखि ०७ सम्मको राशिफल ।
ज्योतिष शास्त्रअनुसार ब्रह्माण्डमा मुख्यतः नौ ग्रह छन्—सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु । त्यस्तै, कुल १२ राशि हुन्छन्। वैदिक ज्योतिषमा जन्म समयमा चन्द्रमा रहेको राशिलाई ‘चन्द्र राशि’ भनिन्छ, र यही राशिका आधारमा जातकको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरूको विश्लेषण गरिन्छ।
हामी यही चन्द्र राशि र ग्रहहरूको गोचर अनुसार साप्ताहिक राशिफलको मूल्याङ्कन गरी तपाईंलाई मार्गदर्शन प्रदान गर्दछौं । साप्ताहिक राशिफलको माध्यमबाट तपाईंले जान्न सक्नुहुन्छ कि यो साता तपाईंको लागि कस्तो रहनेछ, के–के नयाँ परिवर्तन आउन सक्छन्, र भाग्यले कति साथ दिनेछ।
हामीले प्रस्तुत गरेका उपायहरू ग्रहजन्य बाधा–विघ्न हटाउन र सप्ताहलाई शुभ बनाउन सहायक हुने विश्वास लिएका छौं। यद्यपि, सबै राशिका जातकहरूलाई सबै कुरा समान रूपमा लागू नहुन पनि सक्छन्, किनभने यी भविष्यवाणीहरू ग्रहहरूको गोचर र त्यसको प्रभावका आधारमा गरिएका हुन्। तर, यदि तपाईंले सुझाइएको उपाय अपनाउनुभयो भने, यो साता तपाईंका लागि अधिक लाभदायक र सफल रहन सक्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल–
मेष राशि
यस सप्ताह मेष राशि भएका जातकहरूको लागि वित्तीय लाभका अवसर बन्नेछन्। कार्यक्षेत्रमा तपाईंको मेहनतको पूरा फल प्राप्त हुनेछ र तपाईंको कामको सराहना गरिनेछ। प्रमोशन वा तलबवृद्धि पाउने सम्भावना बलियो छ।
व्यवसायमा सतर्कता आवश्यक हुनेछ, विशेषगरी साझेदारीमा काम गर्नेहरूका लागि।अनावश्यक बहस र क्रोधबाट टाढा रहनुहोस्।नयाँ अवसरहरू खुलेका छन्।
नौकरीपेशा जातकहरूले प्रमोशन पाउन सक्छन्, तर कार्यालयको राजनीति र तनावबाट दूरी बनाउनुहोस्।
व्यवसायीहरूले सोच–विचार गरेर निर्णय लिनु पर्छ, विशेष गरी लगानीमा।कार्य र विचार अरूसँग अनावश्यक रूपमा साझा नगर्नुहोस्।सप्ताहको सुरुवातमा कार्यको दबाव कम रहन सक्छ, तर जिम्मेवारीको प्रभाव महत्वपूर्ण रहनेछ। परिवारमा सामंजस्य रहनुका साथै प्रेम सम्बन्ध बलियो हुनेछन्।विवाहित जातकलाई जीवनसाथीको पूर्ण सहयोग प्राप्त हुनेछ।
प्रेमी वा जीवनसाथीसँग यात्रा वा समय बिताउने अवसर रहनेछ।परिवारमा विवाद वा असहमति आउन सक्छ, त्यसैले अनावश्यक बहसबाजीबाट बच्नुहोस्।आर्थिक अवस्था सुधार हुनेछ।पुराना ऋणहरू यस सप्ताह समाप्त हुन सक्छन्।
स्वास्थ्य वा अनावश्यक खर्चका कारण केही धन खर्च बढ्न सक्छ।व्यापक योजना बनाएर आर्थिक सुधारको प्रयास गर्न सकिन्छ।विद्यार्थिहरूको समय राम्रो रहनेछ, अध्ययनमा फोकस बढ्नेछ।आत्मबल बढेको महसुस हुनेछ।
जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रयास सफल रहन सक्छ।धैर्य र संयमका साथ काम लिनुहोस्।ऊर्जा सकारात्मक रूपमा प्रयोग नगर्नुले असफलता वा तनाव बढाउन सक्छ। स्वार्थी दृष्टिकोणका कारण अरूको विरोध वा असन्तोष आउन सक्छ।पुराना गलत निर्णयका नकारात्मक प्रभावले केही असुविधा पुर्याउन सक्छ।
उपाय- हनुमान चालिसा नियमित पाठ गर्नुहाेस् ।
वृष राशि
वृष राशिका लागि कार्यक्षेत्रमा व्यस्तता र मेहनत बढी रहनेछ। तर सोही अनुसार सकारात्मक परिणाम प्राप्त हुनेछन्। आर्थिक पक्ष सामान्यभन्दा सुधार हुने संकेत छन्, तर अनावश्यक खर्चले अलिकति असहजता दिन सक्छ। त्यसैले पैसाको खर्च नियन्त्रणमा राख्नु उपयुक्त हुनेछ।कार्यचेत्रमा तपाईंको प्रभावशाली छवि बन्नेछ।वरिष्ठ अधिकारीहरू तपाईंको कामप्रति सन्तुष्ट रहनेछन्।
व्यवसायमा नयाँ योजनाको सुरुवात वा नयाँ सम्झौतामा हस्ताक्षर हुने अवसर मिल्न सक्छ।तर अहंकार वा हतारमा निर्णय गर्दा पछुतोको स्थिति आउन सक्छ। धैर्य र संयमता अपनाउनु जरूरी छ।सप्ताहको सुरुवातमा नौकरीमा परिवर्तन वा नयाँ अवसरको सम्भावना छ।विपरीत परिस्थितिहरूलाई आफ्नो अनुकूल बनाउन सफल रहनुहुनेछ।व्यवसाय विस्तारमा सफलता मिल्नेछ।उत्तेजक विचार र तनावबाट टाढा रहनुहोस् ।
सप्ताहको उत्तरार्द्धमा जीवनसाथीसँग सम्बन्ध सहज र मधुर रहनेछ।साथी वा नजिकका मानिसहरूसँग सामान्य मतभेदको सम्भावना छ।प्रेम सम्बन्धमा स्पष्टता, ईमानदारी र विश्वास कायम राख्न सकेमा सम्बन्ध अझ मजबुत हुनेछ।व्यक्तिगत र पारिवारिक जीवनमा प्रेम र सम्मान प्राप्त हुनेछ।
सन्तानको प्रगति देखेर उत्साहित हुनेछ।निजी सम्बन्धमा अहंकार नआउने गरी व्यवहार गर्नुहोस् ।पैसा उधार दिनु वा लिनु सोचविचार गरेर मात्र गर्नुहोस्।आकस्मिक खर्च र अचानक पैसाको आवश्यकताले केही असहजता दिन सक्छ।सामान्य स्वास्थ्य रहनेछ, तर खानपानमा ध्यान नदिँदा पेटसम्बन्धी समस्या वा आलस्य बढ्न सक्छ।महिलाहरूमा महिनावारी सम्बन्धी समस्या आउन सक्छ।
उपाय– शुक्रबार लक्ष्मीजीको आराधना गरेर कमलको फूल अर्पण गर्नुहोस्, शनिबार गरीबलाई अन्न दान गर्नु लाभदायक हुनेछ।
मिथुन राशि
यो सप्ताह मिथुन जातकका लागि मिश्रित परिणाम दिनेछ। सुरुवातमा मूड थोरै असन्तुलित रहने सम्भावना छ, जसका कारण सामान्य तनाव वा कार्यक्षेत्रमा असावधानी हुन सक्छ, त्यसैले आत्मनियन्त्रणमा ध्यान दिनु आवश्यक हुन्छ। कार्यक्षेत्रमा सतर्क रहनुहोस् र प्रत्येक कामलाई समयमै पूरा गर्ने बानीले तपाईंलाई वरिष्ठहरूको विश्वास जित्न मद्दत गर्नेछ। करियरमा नयाँ चुनौतीहरू आउनेछन् तर धैर्य र आत्मबलले ती चुनौतीहरूलाई सजिलै सामना गर्न सकिनेछ। केही जातकलाई जागिरमा परिवर्तनको अवसर पनि प्राप्त हुन सक्छ।
सप्ताहको बीचतिर पुराना साथी वा बाल्यकालका मित्रहरूसँग भेट हुने सम्भावना छ जसले मनमा उत्साह र खुसी ल्याउनेछ। सामाजिक तथा पारिवारिक जीवन सहज रहनेछ, परिवारभित्र सुख-शान्ति कायम हुनेछ र जीवनसाथीसँगको सम्बन्धमा रोमांस र निकटता बढ्नेछ। अविवाहित मिथुन जातकलाई विवाह वा सम्बन्धका प्रस्ताव आउन सक्छन्। प्रेम जीवनमा पारदर्शिता कायम राख्दा सम्बन्ध अझ प्रगाढ बन्नेछ, तर स्वार्थीपन वा जिद्दी व्यवहारले दूरी ल्याउन सक्छ, त्यसैले सचेत रहनु आवश्यक छ।
आर्थिक पक्ष सामान्यतया स्थिर रहनेछ तर खर्च र आयको गहिरो विश्लेषण गर्नुपर्ने आवश्यकता पर्छ। शेयर बजार वा ठूला लगानीमा सावधानी अपनाउनुहोस्। व्यापार गर्ने जातकमध्ये होटल तथा रेस्टुरेन्टसँग सम्बन्धित व्यवसायीलाई विशेष लाभ प्राप्त हुने संकेत छन्।
सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ र विभिन्न कार्यक्रमहरूमा सहभागी भइ तपाईंको व्यक्तित्व र प्रभाव झन् मजबुत हुनेछ। विद्यार्थी वर्गलाई शिक्षकमुखी मार्गदर्शन प्राप्त हुनेछ जसले अध्ययनमा प्रगति गर्नेछ। मानसिक र भावनात्मक रूपमा तपाईं अत्यन्तै सबल रहनेछ।स्वास्थ्यका दृष्टिले पेटसम्बन्धी समस्या, अनिद्रा, ग्यास वा माइग्रेन जस्ता समस्या देखिन सक्छन्। योग, ध्यान र नियमित दिनचर्याले स्वास्थ्यमा सुधार ल्याउनेछ। पुराना रोगहरूबाट मुक्ति पाइने सम्भावना पनि छ।
उपाय– हनुमान चालिसा नियमित पाठ गर्नुहोस् ।
कर्कट राशि
यो सप्ताह कर्कट जातकका लागि प्रगति, चुनौती र मिश्रित अनुभवहरूको समय हुनेछ। सुरुवातमा तपाईंलाई मित्र वा नजिकका मानिसहरूबाट उपहार वा सहयोग प्राप्त हुने सम्भावना छ जसले मनलाई प्रसन्न तुल्याउनेछ। तपाईंका नैतिक मूल्य र व्यवहारका कारण समाजमा सम्मान पाउनुहुनेछ। पैतृक व्यवसाय वा पारिवारिक कारोबारमा राम्रो उन्नति देखिन्छ, पहिले गरिएको श्रम वा लगानीले यसपटक सार्थक नतिजा दिन सक्छ।
आयात–निर्यात वा विदेशसँग सम्बन्धित व्यापारमा विशेष लाभ हुने सम्भावना छ। कार्यक्षेत्रमा तपाईंको मेहनतको प्रशंसा हुनेछ र वरिष्ठ अधिकारीहरूको विश्वास जित्ने मौका पाइनेछ। लामो समयदेखि अड्किएको कुनै काम वा योजना यस सप्ताह पूरा हुने संकेत छन् जसले मन हल्का बनाउनेछ। उच्च शिक्षा सम्बन्धी बाधा टाढा हुनेछ र पढाइमा ध्यान केन्द्रित गर्न सकिनेछ।
आर्थिक पक्षमा लाभका अवसरहरू आउनेछन् तर त्यससँगै खर्च पनि बढ्ने सम्भावना छ। आफ्नो क्षमता भन्दा बढी खर्च नगर्नु नै उत्तम हुनेछ। नयाँ प्रोजेक्ट वा लगानी सुरु गर्ने सोच बनाउनु लाभकारी रहन सक्छ तर ठूला सम्झौता वा कागजी काममा हस्ताक्षर गर्दा सबै पक्षबाट सावधानीपूर्वक जाँचपड़ताल गर्नु जरुरी छ। जागिरे वर्गका लागि प्रमोशन वा तलबवृद्धिको अवसर देखिन्छ।
पारिवारिक जीवन सामान्यतया सहज रहन्छ तर केही असन्तोष वा विवादको स्थिति पनि बन्न सक्छ। परिवारभित्रका निर्णयहरूमा तपाईंलाई कहिलेकाहीँ अन्य सदस्यहरू विपरीत जानुपर्ने परिस्थिति आउन सक्छ। घरमा सामान्य वादविवाद वा कलहको सम्भावना भएकाले धैर्यपूर्वक परिस्थिति सुल्झाउनुहोस्।
आमा–बाबुको स्वास्थ्यमा कमजोरी आउन सक्ने भएकाले विशेष ध्यान दिनु आवश्यक छ। प्रेम जीवनमा निकटता बढ्नेछ, सम्बन्धमा स्थिरता आउनेछ र अविवाहित जातकलाई विवाह प्रस्ताव प्राप्त हुने संकेत छन्। तर कार्यालय वा सामाजिक वृत्तमा आफ्नो निजी कुरा अरूसँग साझा नगर्नु राम्रो हुन्छ।
स्वास्थ्यको दृष्टिले सप्ताहको मध्य भाग थकानपूर्ण रहन सक्छ। उच्च रक्तचापका बिरामीलाई विशेष सतर्क रहन आवश्यक छ। खानपान असन्तुलित हुँदा समस्या बढ्न सक्छ, त्यसैले अनुशासनमा रहनु राम्रो हुन्छ। सोमबार र मंगलबार स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ।
सप्ताहको उत्तरार्द्ध रमाइलो र प्रगतिको संकेत बोकेको छ। तपाईंले जीवनमा केही सकारात्मक परिवर्तनहरू अनुभव गर्ने मौका पाउनुहुनेछ। सामाजिक तथा व्यावसायिक जीवनमा व्यस्तता बढ्नेछ र तपाईं मानसिक तथा भावनात्मक रूपमा मजबुत बन्नुहुनेछ।
उपाय– हनुमान चालिसा नियमित पाठ गर्नुहाेस् ।
सिंह राशि
यो सप्ताह सिंह जातकका लागि आत्मविश्वास र प्रगतिको समय हुनेछ। कार्यक्षेत्रमा तपाईंको प्रभाव बढ्नेछ र तपाईंलाई नयाँ योजनाहरू सुरु गर्ने अवसर प्राप्त हुनेछ। यद्यपि, हतारमा निर्णय लिनु उपयुक्त हुनेछैन, किनभने जल्दबाजीले पछुतो ल्याउन सक्छ।
जागिरे वर्गलाई मेहनतानुसार सफल परिणाम प्राप्त हुनेछ, तर केहीलाई विभागीय परिवर्तन वा जिम्मेवारीमा फेरबदलको सामना गर्नुपर्छ। व्यवसाय गर्नेहरूलाई मुनाफा हुने सम्भावना बलियो छ, तर खर्च पनि बढ्न सक्छ। विदेशसँग सम्बन्धित व्यापार वा कारोबार गर्ने जातकलाई विशेष लाभ प्राप्त हुने देखिन्छ।पारिवारिक जीवनमा जीवनसाथीको पूर्ण सहयोग रहनेछ जसले कठिन समयमा आत्मबल बढाउनेछ। तर, कुनै पुरानो साथी वा परिचितसँग वादविवाद हुन सक्ने सम्भावना छ, त्यसैले बोलीमा संयमता अपनाउनु आवश्यक हुन्छ। प्रेमसम्बन्धमा पारदर्शिता र विश्वास कायम राखेमा सम्बन्ध स्थिर रहन्छ, तर अनावश्यक बहस वा अत्यधिक तार्किकताले दूरी बढाउन सक्छ।स्वास्थ्यका दृष्टिले पेट र पाचन प्रणाली सम्बन्धी समस्या देखिन सक्छ।
तैलीय, मसालेदार वा बाहिरको खानामा कटौती गर्नु उत्तम हुन्छ। प्रशस्त पानी पिउनुहोस् र फलफूल सेवनमा जोड दिनुहोस्। स्वास्थ्यमा सुधार ल्याउन नियमित दिनचर्या र हल्का व्यायाम लाभदायी हुनेछ।यस सप्ताह करियरमा नयाँ अवसरहरू आउनेछन् र तपाईंको यश र प्रतिष्ठा बढ्नेछ। तपाईंको सुझाव वा सल्लाह अरूका लागि निकै उपयोगी ठहरिनेछ। व्यवसायमा ठूलो लगानी गर्ने अवसर आउन सक्छ, तर कुनै सम्पत्ति खरिद वा डिल गर्दा सबै कागजातलाई ध्यानपूर्वक जाँचपड़ताल गर्नु आवश्यक हुन्छ।
समाजमा प्रभावशाली व्यक्तिहरूसँग सम्बन्ध बलियो बन्नेछ र पिताको मार्गदर्शन वा सहयोगले कार्यक्षेत्रमा लाभ हुनेछ।सप्ताहको मध्यतिर अचल सम्पत्ति खरिद–बिक्रीको अवसर आउन सक्छ। सोमबार र मंगलबार तपाईंका लागि अति शुभ दिन रहनेछन्। तर, बुधबारपछि महत्त्वपूर्ण काम नगर्नु राम्रो हुन्छ, किनभने गुरुवार र शुक्रबार कमजोर रहने देखिन्छ। यात्राका क्रममा असुविधा वा ढिलाइको सामना गर्नुपर्छ। यसबाहेक, अनैतिक कार्य वा गलत सोचतर्फ आकर्षण हुनसक्ने भएकाले सचेत रहनु आवश्यक छ।बिरामी जातकको स्वास्थ्यमा सुधार हुनेछ ।
उपाय– लक्ष्मी चालिसा नियमित पाठ गर्नुहाेस् ।
कन्या राशि
यो सप्ताह कन्या राशिका जातकहरूका लागि उपलब्धि र प्रगतिले भरिएको रहनेछ। सप्ताहको शुरुवातमा इन्टरभ्यू, महत्वपूर्ण मिटिङ वा कुनै निर्णायक परीक्षामा सहभागी हुने अवसर मिल्नेछ र त्यहाँ सफलता प्राप्त हुने प्रबल सम्भावना छ। कार्यक्षेत्रमा तपाईंको वर्चस्व बढ्नेछ र तपाईँको क्षमता तथा परिश्रमलाई सबैले मान्यता दिनेछन्।
जागिरे वर्गका लागि पदोन्नति, तलबवृद्धि वा नयाँ जिम्मेवारी प्राप्त गर्ने अवसर आउन सक्छ। व्यवसाय गर्ने जातकका लागि यो समय लाभकारी रहनेछ तर ठूलो लगानी गर्दा अवश्य नै सोचविचार र योजनाबद्धता अपनाउनु पर्छ।
राजनीतिसँग सम्बन्धित कन्या जातकका लागि पनि यो सप्ताह अत्यन्त लाभदायी रहने संकेत छन्। तपाईंको प्रभाव, मान–सम्मान र लोकप्रियता बढ्नेछ। सन्तानको पढाइमा भइरहेको अवरोध हट्नेछ र उनीहरूको प्रगति देख्दा मनमा सन्तोष उत्पन्न हुनेछ। पारिवारिक जीवन आनन्दपूर्ण रहनेछ, परिजनोंसँग हाँसो–ठट्टा, रमाइलो र मनोरञ्जनका क्षणहरू बिताउने अवसर प्राप्त हुनेछ। दाम्पत्य जीवनमा नजिकता बढ्नेछ र जीवनसाथीसँग महत्त्वपूर्ण विषयमा खुला छलफल हुनसक्छ।
प्रेम सम्बन्धमा मजबुती आउनेछ, तर कुनै पुरानो साथी वा परिचितसँग सामान्य मतभेद हुनसक्छ, जसलाई संयमतापूर्वक समाधान गर्नु आवश्यक हुन्छ।आर्थिक दृष्टिले यो समय लाभकारी छ, धन लाभका योग बनेका छन्। पुरानो कुनै कार्य वा योजना पूरा भई आर्थिक फाइदा प्राप्त हुने सम्भावना छ। तर, सप्ताहान्ततिर अनावश्यक खर्च वा फिजुलखर्च बढ्नसक्ने भएकाले सतर्कता आवश्यक छ।
नचिनेकाहरूसँग सम्बन्ध विस्तार गर्दा सतर्कता अपनाउनु आवश्यक छ, किनभने धोका वा गलतफहमीको सम्भावना रहन्छ।यस सप्ताह तपाईँको बोली वा व्यवहारले अरूको मन दुखाउन सक्छ, त्यसैले वाणीमा संयम राख्नु जरुरी छ। खासगरी घरका बुढापाका वा वरिष्ठ व्यक्तिसँग कुरा गर्दा आदर र शिष्टाचार अनिवार्य रूपले पालन गर्नुहोस्। व्यक्तिगत गोप्य कुरा वा कार्य योजनालाई कार्यस्थलमा कसैसँग पनि साझा नगर्नु उपयुक्त हुन्छ।समग्रमा यो सप्ताह तपाईँका लागि अत्यन्तै शुभ छ।
करियर र आर्थिक क्षेत्रमा प्रगति हुनेछ, पारिवारिक जीवन रमाइलो रहनेछ र प्रेमसम्बन्धमा स्थिरता आउनेछ। सप्ताहान्त आर्थिक दृष्टिले कमजोर देखिन्छ।स्वास्थ्यका दृष्टिले छातीमा जलन, पाचनसम्बन्धी समस्या देखिन सक्छ। खानपानमा विशेष ध्यान दिनुहोस्, अत्यधिक मसालेदार वा भारी भोजन टार्नु उपयुक्त हुन्छ।
उपाय– प्रत्येक दिन ॐ नम शिबाय जाप गर्नुहाेस् ।
तुला राशि
यो सप्ताह तुला जातकका लागि कार्यक्षेत्रमा सुधार र प्रगतिको समय हुनेछ। कार्यस्थलमा तपाईंको स्थिति पहिलेभन्दा बलियो हुनेछ र तपाईंका विचार तथा योजनाहरूको प्रशंसा हुनेछ। व्यवसायमा नयाँ योजनाहरू सुरु हुने सम्भावना छ, जसले भविष्यमा लाभ ल्याउने संकेत छन्। तर अहंकार वा आत्मविश्वासमा अत्यधिक वृद्धि हुँदा सम्बन्ध र अवसर दुबै प्रभावित हुन सक्छ, त्यसैले निर्णय लिन अघि ध्यानपूर्वक विचार गर्नु अत्यन्त जरुरी छ।
जागिरे वर्गलाई मेहनतानुसार सफलता प्राप्त हुनेछ। वरिष्ठ अधिकारी र सहकर्मीहरू तपाईंको कार्यप्रति सन्तुष्ट रहनेछन्। व्यवसायी जातकले मुनाफा पाउनेछन्, तर खर्चमा पनि वृद्धि हुनसक्छ। जीवनसाथीसँग सम्बन्ध मधुर रहनेछ र उहाँको सहयोग विशेष रूपमा अनुभव हुनेछ। प्रेमसम्बन्धमा स्पष्टता कायम राख्दा सम्बन्ध मजबुत रहन्छ। तर साथी वा नजिकका व्यक्तिसँग अनावश्यक विवाद वा मतभेद हुनसक्छ, त्यसैले शब्दको चयनमा विशेष ध्यान दिनु पर्छ।
स्वास्थ्यका दृष्टिले पेट वा पाचनसम्बन्धी समस्या देखिन सक्छ। तैलीय, भारी वा बाहिरको खाना कम गर्नु उपयुक्त हुनेछ। सप्ताहको मध्य भागमा केही आर्थिक तनाव वा धनको सन्दर्भमा असजिलो अनुभव हुन सक्छ। धन खर्च गर्दा केवल आवश्यकतामा सीमित राख्नुपर्नेछ, नत्र फिजुलखर्च वा दिखावटी खर्चले समस्या ल्याउन सक्छ।
कार्यस्थलमा तपाईंको नाम चर्चामा रहनेछ र तपाईंले महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक पूरा गर्नु हुनेछ। विवाह योग्य जातकको विवाहको चर्चा हुन सक्छ र प्रेमी वा जीवनसाथीको लागि पर्याप्त समय दिने मौका प्राप्त हुनेछ। नयाँ रोजगार वा स्किल सिक्ने अवसर पनि प्राप्त हुने देखिन्छ। व्यवसायमा उपलब्धिहरूले तपाईंलाई सन्तुष्टि दिनेछन्। विवाह योग्य सन्तानलाई विवाहको अवसर प्राप्त हुन सक्छ।व्यापार वृद्धि वा ऋण लिने योजना बनाउँदा केही अवरोध देखिने सम्भावना छ।
अनावश्यक वा अनियोजित यात्राले असजिलो महसुस गराउन सक्छ। सम्बन्धका मामिलामा झूट बोल्नु वा छलकपट गर्नु हानिकारक हुनेछ। कुनै विषयमा एकपक्षीय निर्णय गर्दा पनि समस्या आउन सक्छ। अति आत्मविश्वास वा हतारमा गरिएको कामले योजना बिग्रन सक्छ, त्यसैले संयम र विवेक अपरिहार्य छ। सप्ताहको मध्य भागमा केही चुनौतीहरू सामना गर्नुपर्ने सम्भावना छ। कुल मिलाएर, यो सप्ताह तपाईँका लागि प्रगति, सावधानी र सही निर्णयको मिश्रण रहनेछ।
उपाय– ॐ नमः शिवाय मन्त्रको १०८ पटक जप गर्नुहोस्।
वृश्चिक राशि
यो सप्ताह वृश्चिक जातक, विशेषतः महिलाहरूका लागि अत्यन्त शुभ रहनेछ। तपाईंको बोलचालमा विनम्रता र सहजता हुने भएकाले सबैको ध्यान र आकर्षण तपाईंतर्फ रहनेछ। वरिष्ठ व्यक्तिहरूको राय लिनु लाभदायी हुनेछ र तपाईंको निर्णयहरूमा सकारात्मक प्रभाव पर्नेछ।
भाई–बहिनीहरूसँग सम्बन्ध प्रगाढ हुनेछन् र पारिवारिक वातावरण शान्त र सुकूनदायक रहनेछ। कार्यक्षेत्र र पारिवारिक जीवनबीच सन्तुलन कायम राख्न सकेमा तपाईंले दुवै क्षेत्रमा सफलता प्राप्त गर्नु हुनेछ।सप्ताहको दौरान तपाईंका विचार र आइडियाहरूलाई मान्यता र प्रोत्साहन मिल्नेछ। नयाँ व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ र तपाईंको सामाजिक दायरा बलियो हुनेछ। मानिसहरू तपाईंलाई सहयोग गर्न तत्पर रहनेछन्।
प्रेम सम्बन्धमा स्वार्थी व्यवहार वा अत्यधिक जिद्दीपनले प्रेमीजनको मनमा असन्तोष उत्पन्न गर्न सक्छ, त्यसैले पारदर्शिता र समझदारी आवश्यक छ। खानपानमा असन्तुलनले पाचनसम्बन्धी समस्या ल्याउन सक्छ। विवाहेतर सम्बन्ध वा व्यक्तिगत सम्बन्धलाई स्पष्ट र ईमानदारीपूर्वक राख्नु लाभदायी हुनेछ। पार्टनरशिप वा सहकार्यमा आधारित व्यवसायमा पारदर्शिता अत्यन्त महत्वपूर्ण छ।
कार्यक्षेत्रमा नयाँ चुनौतीहरू आउन सक्छन्, तर बुद्धिमानी र धैर्यले ती परिस्थितिहरूलाई सजिलै समाधान गर्न सकिनेछ। पुराना मित्रसँगको भेटले पुराना यादहरू ताजा गर्नेछ र भावनात्मक सन्तोष दिनेछ। विवाद वा असहमति पर्ने परिस्थितिबाट टाढा रहनु नै तपाईंका लागि फाइदाजनक हुनेछ।
जागिरे वर्गका जातकलाई नयाँ अवसर वा परिवर्तनको संकेत छन्, तर हतारमा निर्णय गर्दा हानि हुनसक्छ। व्यवसाय गर्ने जातक नयाँ सम्पर्क वा अवसरबाट लाभ उठाउन सक्नेछन्। आर्थिक पक्षमा लाभ र खर्च दुवै सम्भावित छन्, त्यसैले योजना र विवेकपूर्ण कदम आवश्यक छ।
उपाय– सप्ताहभर उग्दो सूर्यलाई “ॐ घृणि: सूर्याय नमः” मन्त्रको साथ अर्घ्य दिनु लाभदायी हुनेछ, जसले सकारात्मक ऊर्जा, शान्ति र ग्रहदोष शान्ति ल्याउनेछ।
धनु राशि
यो सप्ताह धनु जातकका लागि अवसर, कार्यक्षेत्रमा प्रगति र व्यक्तिगत सम्बन्धमा सन्तुलनको समय हुनेछ। तपाईं केही महत्वपूर्ण कामहरूका लागि एक-दुई दिनको छुट्टी लिन सक्नुहुन्छ, जसले तपाईंलाई लामो समयदेखि रोकिएका कार्यहरू पुनः सुरु गर्ने अवसर दिनेछ। भाई–बहिनी वा परिवारका अन्य सदस्यसँग लाभदायी परिस्थितिहरू बन्न सक्छन्। रियल एस्टेट वा सम्पत्ति सम्बन्धी व्यवसाय गर्ने जातकलाई ठूलो डील वा लाभ प्राप्त हुने सम्भावना छ।
व्यापारमा नयाँ प्रयोग र अनुबंधबाट लाभ उठाउन सकिने देखिन्छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी दिइनेछ र तपाईंको मेहनत, समर्पण तथा दक्षतालाई प्रशंसा प्राप्त हुनेछ। जागिरे वर्गका जातक पद, प्रतिष्ठा वा प्रमोशनमा लाभ पाउन सक्नेछन्।साप्ताहिक रूपमा, परिवारसँग समय बिताउने अवसर प्राप्त हुनेछ र सामाजिक सम्बन्ध बलियो बन्नेछन्। अविवाहित जातकलाई विवाह प्रस्ताव आउन सक्छ। तर, अरूको विचारमा अत्यधिक विश्वास गर्नु हानिकारक हुनसक्छ।
कानूनी वा नियम–कानूनसँग सम्बन्धित मामिलामा असावधानीले गम्भीर समस्या ल्याउन सक्छ। ट्राफिक नियमको उल्लङ्घन नगर्नुहोस् ।।सप्ताहको आरम्भ, विशेषतः आइतवारदेखि मंगलवारसम्म, तपाईंका लागि विशेष शुभ रहनेछ। तर, गुरुवार र शुक्रवार केही कमजोर रहन सक्छन्।
कुल मिलाएर, यो सप्ताह तपाईंको काम, व्यापार, व्यक्तिगत सम्बन्ध र स्वास्थ्यबीच सन्तुलन कायम राखेर अघि बढ्ने समय हुनेछ।प्रेम र दाम्पत्य जीवनमा तपाईं रोम्यान्टिक मूडमा रहनेछ। जीवनसाथी वा प्रेमीजनसँग सम्बन्ध उत्कृष्ट रहनेछ र उहाँहरूको आवश्यकतामा पूर्ण ध्यान दिनु हुनेछ।
उपाय– प्रतिदिन भगवान् विष्णुको पूजा गरी श्री विष्णु सहस्रनाम पाठ गर्नुहोस्।
मकर राशि
यो सप्ताह मकर जातकका लागि अवसर र सावधानी दुवै लिएर आउनेछ। कार्यक्षेत्रमा तपाईंको मेहनतको रंग देखिन थाल्नेछ र योजना अनुसार परिणाम प्राप्त हुनेछ। जागिरे जातक पदोन्नति वा तलबवृद्धिको लाभ पाउन सक्नेछन्। व्यवसायमा नयाँ योजनाहरू सुरु हुने सम्भावना छ जसले भविष्यमा लाभ ल्याउनेछ। शेयर बजार वा लगानीका अवसरबाट पनि धन लाभको योग बनेको छ। सरकारी काम वा कागजी प्रक्रिया अपेक्षाभन्दा छिटो सम्पन्न हुन सक्छ।
परिवारिक जीवनमा सानो–सानो मतभेद वा झगडा हुन सक्छ, तर ती गम्भीर समस्या बन्ने सम्भावना कम छ। प्रेमसम्बन्धमा पारदर्शिता, ईमानदारी र विश्वास कायम राख्नु लाभदायी हुनेछ। जीवनसाथीसँग सम्बन्ध मधुर रहनेछ र प्रेम सम्बन्धमा स्थिरता आउनेछ।
विदेश यात्रा वा आवश्यक भ्रमणको योग रहेको छ। आर्थिक पक्षमा सुधार हुनेछ, तर आकस्मिक खर्च वा महँगो वस्तु किन्ने क्रममा केही हानि सम्भावित छ। व्यक्तिगत स्वार्थ वा नकारात्मक सोचले तपाईंलाई अलमल्लमा पार्न सक्छ, त्यसैले सोच–विचारपूर्वक कदम चाल्नुहोस्। कार्यक्षेत्रमा अत्यधिक आत्मविश्वास वा विवादजन्य व्यवहारले समस्या ल्याउन सक्छ, विशेषतः शनिवार।
शिक्षा क्षेत्रमा काम गर्ने जातकहरूलाई ठूलो सफलता प्राप्त हुन सक्छ। प्रतियोगी परीक्षामा तयारी गर्ने विद्यार्थीलाई उच्च शिक्षण संस्थानमा प्रवेशको अवसर मिल्नेछ। मेडिकल पेशामा कार्यरत जातकहरूका लागि सप्ताह अत्यन्त शुभ रहनेछ।स्वास्थ्यको दृष्टिले उच्च रक्तचाप, हृदयसम्बन्धी समस्या वा डायबिटीजका बिरामीलाई विशेष ध्यान दिनु आवश्यक छ। रिस नियन्त्रणमा राख्नु आवश्यक छ। खानपानमा सन्तुलन र नियमित स्वास्थ्य जाँच लाभदायी हुनेछ।
उपाय– सप्ताहभर ध्यान, मेडिटेशन र मानसिक संयम अत्यन्त आवश्यक हुनेछ। समाधानको रूपमा, प्रतिदिन बिहान–साँझ “ॐ नमो भगवते वासुदेवाय” मन्त्रको जप गर्नु लाभदायी हुनेछ।
कुम्भ राशि
यो सप्ताह कुम्भ जातकका लागि ऊर्जा, आत्मविश्वास र कार्यक्षेत्रमा प्रगतिको समय हुनेछ। तपाईंको मेहनत रंग ल्याउनेछ र कार्यहरू अपेक्षाभन्दा छिटो सम्पन्न हुनेछन्। जागिरे जातकलाई नयाँ जिम्मेवारीहरू प्राप्त हुनेछन् भने व्यवसायी जातकका लागि लगानी गर्ने समय अनुकूल रहनेछ।
परिवारमा शान्ति र सामंजस्य रहनेछ, तर साथी वा नजिकका व्यक्तिसँग विचार वा दृष्टिकोणको मतभेद हुन सक्छ। अनावश्यक विवाद वा झगडामा नपर्ने प्रयास गर्नु लाभदायी हुनेछ। सप्ताहभर तपाईंको मन शान्त रहनेछ र तपाईं झन्झट वा तनावबाट टाढा रहेर मात्र आफ्नै लागि समय निकाल्न सक्षम हुनु हुनेछ। परिवारसँग सम्बन्धित कुनै समस्या समाधान हुने सम्भावना छ।
कार्यस्थलमा तपाईंको मेहनतको प्रशंसा हुनेछ र जागिरे जातकले पदोन्नति वा सकारात्मक परिवर्तनको अवसर पाउनेछन्। व्यवसायमा योजना अनुसार काम गर्नु र सही तरिकाले क्रियान्वयन गर्नु लाभदायी हुनेछ। जस व्यक्तिसँग तपाईंले अपेक्षा नगरेको थियो, उहाँबाट सहयोग प्राप्त हुन सक्छ। वर्तमान उपलब्धिहरूले तपाईंलाई सन्तुष्टि दिनेछन्। सप्ताहको गुरुवारदेखि शनिवारसम्म समय विशेष रूपमा शुभ रहनेछ।स्वास्थ्यको दृष्टिले पेट वा जोर्नीमा समस्या आउन सक्छ। मौसमी फलफूल र आयुर्वेदिक औषधिको सेवन लाभदायी हुनेछ।
आलस्य वा अनावश्यक मौज–मस्तीमा समय खर्च नगर्नु राम्रो हुन्छ। भाइ–बहिनीको स्वास्थ्य वा सुरक्षा सम्बन्धी चिन्ता रहन सक्छ। अरूको भरोसा गरेर आफ्नो काम छोड्नु हानिकारक हुनसक्छ।सप्ताहभर आफ्नो योजना, कार्य र व्यक्तिगत जिम्मेवारीमा ध्यान दिनु आवश्यक छ। नयाँ प्रेमसम्बन्ध सुरु हुने सम्भावना छ र दाम्पत्य वा प्रेम सम्बन्धमा स्थिरता र स्पष्टता आउनेछ।
उपाय- प्रतिदिन भगवान् शिवको पंचाक्षरी मन्त्र “ॐ नमः शिवाय” १०८ पटक जप गर्नुहोस्। गरिबलाई शनिको बस्तु श्निबार दान गर्नु राम्रो हुने छ ।
मीन राशि
यस सप्ताह मीन राशि भएका जातकहरूको लागि सौम्य र संतुलित ऊर्जा रहनेछ। कार्यक्षेत्रमा सफलता प्राप्त हुने संकेत छन्, तर यसका लागि तपाईंले मेहनत र योजना दुवै अपनाउनुपर्नेछ। सामाजिक र पारिवारिक जीवनमा सामंजस्य रहन्छ। बाहिरी यात्रामा सतर्कता आवश्यक छ।
नौकरीपेशा जातकहरूले प्रमोशन वा नयाँ जिम्मेवारी पाउने सम्भावना छ।सहकर्मीबाट सहयोग प्राप्त हुनेछ।व्यापारमा नयाँ अनुबंध र अवसर खुल्नेछन्, जसले भविष्यमा लाभ दिनेछन्।योजना अनुसार काम गर्दा गुणस्तरमा सुधार हुनेछ।शत्रु तपाईंको प्रभाव र प्रतिष्ठाबाट डराउनेछन्।सूर्यको कृपाले कार्यालयमा विरोधीहरू माथि तपाईंको प्रभुत्व बढ्नेछ।मीडिया वा सार्वजनिक क्षेत्रसँग सम्बन्धित पेशामा सम्मान मिल्ने सम्भावना छ।पैसाको मामिलामा सतर्क रहनुहोस्।बिना जाँच विश्वास नगर्नुहोस्।आकस्मिक खर्चको सम्भावना छ।व्यवसायिक लेनदेनमा धैर्यता आवश्यक छ।
परिवारमा खुशि र सन्तुलन रहन्छ ।अविवाहित जातकलाई विवाह प्रस्ताव आउन सक्छ।जीवनसाथीसँग समय बिताउने अनुभव सुखद हुनेछ।कानूनी मामिलामा निर्णय तपाईंको पक्षमा आउन सक्छ।बाहिरी यात्रामा अतिरिक्त सतर्कता अपनाउनुहोस्।उधारो–लेनदेनबाट सोमवार र मंगलवार टाढा रहनुहोस्।व्यवसायमा दुविधाजनक परिस्थितिहरू आउन सक्छन्।सहयोगीसँग व्यवहार संयमित राख्नुहोस्, अन्यथा सहयोग नपाउन सक्छ।महत्वपूर्ण वस्तु हराउन सक्ने सम्भावना छ।
उपाय- प्रतिदिन गाईलाई एउटा केरा खुवाउनुहोस् । प्रतिदिन ॐ नमो भगवते वासुदेवाय मन्त्र पल्ट जप्नुहोस् ।





























प्रतिक्रिया