काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले योग्यतामा प्रश्न उठाउँदै ओझालाई पदमुक्त गर्ने निर्णय गरेको हो । उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले आइतबार सरकारलाई बुझाएको प्रतिवेदनमा उनको योग्यता अपर्याप्त रहेको बताएको थियो ।
छानविन समिति बन्ने बित्तिकै निलम्बनमा परेका ओझा अब भने उनी पूर्णरुपमा पदमुक्त भएका हुन् । उनको योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता इन्दिरा धमलाले १७ चैतमा रिट दायर गरेकी थिइन् ।





























प्रतिक्रिया