काठमाडाैं । अविरल वर्षाका कारण काठमाडौंको धापासीस्थित टोखामा पहिरो गएको छ।
पहिरोले एउटा ट्रान्सफर्मरसहित ६ वटा पोल ढाल्दा सडक पूर्ण रूपमा बन्द भएको छ। साथै सो क्षेत्रमा शुक्रबारबाटै विद्युत् आपूर्ति बन्द भएको छ । वडाले पार्क बनाएपछि लगाएको पर्खाल भत्किएको बताइएकाे छ ।
पर्खाल केही दिनअघि नै चर्किएको थियाे तर प्लास्टिक लगाएर छेकिएकाे थियाे ।































प्रतिक्रिया