काठमाडौं । काठमाडौंको कलंकी नजिकै कोल्डड्रिक्स बोकेको पिकप भ्यान दुर्घटनामा परेको छ ।
सोमबार बिहान करिब ६ः५० मा बा १३ च ६११९ नम्बरको गाडी दुर्घटनामा परेको हो । कलंकीबाट बल्खुतर्फ जादै गरेको पिकप भ्यान अनियन्त्रित भई दुर्घटनामा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपक गरीले जानकारी दिए ।
धादिङ बस्ने २४ बर्षिय चालक गौरव रानामगर सकुशल छन् भने अन्य मानविय क्षती नभएको प्रहरी प्रवक्ताले जानकारी दिए ।





























प्रतिक्रिया