रुवीकी पूर्वप्रेमीको खुलासा- हामीले ‘कोर्ट म्यारिज’ गरेका थियौं, तर गरीब भनेर अलग गराए

रुवीकी पूर्वप्रेमीको खुलासा- हामीले ‘कोर्ट म्यारिज’ गरेका थियौं, तर गरीब भनेर अलग गराए

केन्द्रबिन्दु
357
Shares

रौतहट । रौतहटको गौरमा सुटकेसभित्र शव फेला परेकी रुबी साहको हत्याको मुख्य आरोपी लक्ष्मण पासवान शरीर जलेको गम्भीर अवस्थामा फेला परेका छन्। प्रहरीले उनलाई बुधबार बिहान आत्मदाहको प्रयास गरेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउपछि पासवानले प्रहरीसमक्ष दिएको बयानमा आफ्नो अपराध स्वीकार गरेका छन्। आफैंलाई जलाउनुअघि उनले जारी गरेको एक भिडियोमा पनि भनेका छन्, ‘रुवीलाई मारेदेखि मेरो हात काँपिरहेको छ। मेरो जान मरिसकेकी छन्। म बाँचेर के गर्नु। पक्राउ परे जेल जानुपर्छ। १०/१५ वर्ष सजाय भोग्नुपर्छ।’

पासवान र साहबीच पूर्वप्रेम सम्बन्ध रहेको र व्यक्तिगत रिसइबीका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उनले आफूहरुले भागेर ‘कोर्ट म्यारिज’ गरेको तर आफूलाई गरीब भन्दै रुवीकी आमाले यातना दिएर छुटाएको आरोप पनि लगाएका छन् ।

गत शनिबार गौर बजार जान्छु भनी डेराबाट निस्किएकी २६ वर्षीया रुबी साह बेपत्ता भएकी थिइन्। पछि उनको शव क्रूरतापूर्वक हत्या गरी सुटकेसमा प्याक गरिएको अवस्थामा फेला परेको थियो। प्रहरी अनुसन्धानका अनुसार, हत्या गौर नगरपालिका-५ को एक घरमा भएको थियो र पासवानले शव लुकाउन सुटकेस प्रयोग गरेका थिए।

Skip This
Skip This
Logo