काठमाडाैं । रौतहटको गौरमा सुटकेसभित्र शव फेला परेकी रुबी साहको हत्याको मुख्य आरोपी लक्ष्मण पासवानकाे मृत्यु भएको छ।
आज बिहान शरीर जलेको गम्भीर अवस्थामा फेला परेका उनलाई उपचारका लागि कीर्तिपुर बर्न अस्पताल ल्याइएको थियो। तर उपचारका क्रममा बुधबार अपराह्न पासवानको मृत्यु भएको हाे ।
गत शनिबार गौर बजार जान्छु भनी डेराबाट निस्किएकी २६ वर्षीया रुबी साह बेपत्ता भएकी थिइन्। पछि उनको शव क्रूरतापूर्वक हत्या गरी सुटकेसमा प्याक गरिएको अवस्थामा फेला परेको थियो। प्रहरी अनुसन्धानका अनुसार, हत्या गौर नगरपालिका-५ को एक घरमा भएको थियो र पासवानले शव लुकाउन सुटकेस प्रयोग गरेका थिए।
पासवान र साहबीच पूर्वप्रेम सम्बन्ध रहेको र व्यक्तिगत रिसइबीका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको थियाे। आफैंलाई जलाउनुअघि उनले जारी गरेको एक भिडियोमा भनेका थिए, ‘रुवीलाई मारेदेखि मेरो हात काँपिरहेको छ। मेरो जान मरिसकेकी छन्। म बाँचेर के गर्नु। पक्राउ परे जेल जानुपर्छ। १०/१५ वर्ष सजाय भोग्नुपर्छ।’































प्रतिक्रिया