लोमान्थाङ यार्तुङ घोडा दौडमा वडाध्यक्ष विष्ट च्याम्पियन

लोमान्थाङ यार्तुङ घोडा दौडमा वडाध्यक्ष विष्ट च्याम्पियन

केन्द्रबिन्दु
21
Shares

मुस्ताङ । वर्खायामको समाप्तिसँगै मनाइने यार्तुङ पर्व शुक्रबार उपल्लो मुस्ताङको लोमान्थाङमा सुरु भएको छ । सो पर्वको अवसरमा लोमान्थाङ युवा क्लबको आयोजना तथा एक्याप लोमान्थाङको आर्थिक सहयोगमा परम्परागत घोडा दौड प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

यहाँ दुई विधामा घोडा दौड प्रतियोगिता आयोजना गरिएको थियो । मुस्ताङ सांस्कृतिक राजपरिवारको समुउपस्थितिमा आयोजना गरिएको कदम घोडा दौड प्रतियोगितामा लोमान्थाङ–५ का वडाध्यक्ष ढुक्के विष्ट च्याम्पियन बनेका छन् ।

कदम घोडा दौड प्रतियोगितामा सहभागी कूल १२ प्रतियोगीमध्ये वडाध्यक्ष विष्ट च्याम्पियन बनेकाे एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए। कदम घोडा दौडतर्फ छेडुप गुरुङ दोस्रो र निमा वाङ्दी गुरुङ तेस्रो भएकाे कार्यालय प्रमुख पौडेलले उल्लेख गरे । योसँगै कदम घोडा दौडको च्याम्पियन विष्टले नगद एक लाख रुपैयाँ पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यसैगरी कदम घोडा दौडको दोस्रो र तेस्रो हुने घोडा मालिकले नगद ५० हजार र २५ हजार रुपैयाँ पुरस्कारसहित मेडल र प्रमाणपत्र पाए । यसैगरी गरी यार्तुङ पर्वको अवसरमा आयोजित भाक्का (लामो दुरी) घोडा दौड प्रतियोगितामा डब्ला गुरुङ च्याम्पियन भए ।

Skip This
Skip This
Logo