तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
9
Shares

२०८२ भदौ २२ देखि भदौ २८ सम्मको राशिफल ।

ज्योतिष शास्त्रअनुसार ब्रह्माण्डमा मुख्यतः नौ ग्रह छन्—सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु । त्यस्तै, कुल १२ राशि हुन्छन्। वैदिक ज्योतिषमा जन्म समयमा चन्द्रमा रहेको राशिलाई ‘चन्द्र राशि’ भनिन्छ, र यही राशिका आधारमा जातकको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरूको विश्लेषण गरिन्छ।

हामी यही चन्द्र राशि र ग्रहहरूको गोचर अनुसार साप्ताहिक राशिफलको मूल्याङ्कन गरी तपाईंलाई मार्गदर्शन प्रदान गर्दछौं । साप्ताहिक राशिफलको माध्यमबाट तपाईंले जान्न सक्नुहुन्छ कि यो साता तपाईंको लागि कस्तो रहनेछ, के–के नयाँ परिवर्तन आउन सक्छन्, र भाग्यले कति साथ दिनेछ।

हामीले प्रस्तुत गरेका उपायहरू ग्रहजन्य बाधा–विघ्न हटाउन र सप्ताहलाई शुभ बनाउन सहायक हुने विश्वास लिएका छौं। यद्यपि, सबै राशिका जातकहरूलाई सबै कुरा समान रूपमा लागू नहुन पनि सक्छन्, किनभने यी भविष्यवाणीहरू ग्रहहरूको गोचर र त्यसको प्रभावका आधारमा गरिएका हुन्। तर, यदि तपाईंले सुझाइएको उपाय अपनाउनुभयो भने, यो साता तपाईंका लागि अधिक लाभदायक र सफल रहन सक्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री डा. प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल–

मेष राशि

मेष राशिका लागि यो हप्ता औसत फलदायी रहनेछ । हप्ताको सुरुवात अनुकूल हुनेछ र सामाजिक क्षेत्रमा नयाँ चिनाजानी हुनेछ तर जोखिमपूर्ण कामबाट टाढा रहनु आवश्यक छ। धनसम्बन्धी लेनदेनमा धेरै सतर्क रहनुपर्छ। सुरुमा अघिसम्म रोकिएका काममा गति आउनेछन् तर बीचमा फेरि अवरोध आउनाले मन खिन्न हुन सक्छ। लगानी गर्दा होशियार हुनु जरुरी छ, नत्र घाटा बेहोर्नुपर्ने अवस्था आउन सक्छ। जमिन-जायदाद सम्बन्धी कारोबार सोचविचार गरेर गर्नु राम्रो हुनेछ।

नोकरी गर्नेहरूले सहकर्मीहरूसँग तालमेल मिलाउनुपर्ने समय आएको छ। यस हप्तामा मतभेद बढ्न सक्ने भएकाले क्रोध नियन्त्रणमा राख्नु जरुरी हुन्छ। व्यवसायमा सामान्य लाभ हुनेछ। दिनचर्या व्यवस्थित राख्नुहोस्, आलस्यले तनाव बढाउन सक्छ। प्रेमसम्बन्धमा हतारमा निर्णय नगर्नुहोस्। जीवनका उतारचढावबीच पति पत्नीबीच प्रेम र सहयोग कायम रहनेछ तर पारिवारिक समस्याले केही चिन्ता दिन सक्छ। स्वास्थ्यलाई बेवास्ता नगर्नुहोस्।

प्रशासनमा रहेका मानिसहरूलाई उच्चाधिकारीको दबाब कम हुनेछ। विद्यार्थीहरूले प्रतियोगी परीक्षामा राम्रो अंक ल्याउने सम्भावना छ। सामाजिक सम्पर्कले सहयोग पुर्‍याउनेछ। आफन्तहरूसँग भेटघाट हुनेछ। उत्पादनसँग सम्बन्धित व्यवसायमा प्रगति हुनेछ। बिरामीको स्वास्थ्यमा सुधार आउनेछ। ग्रहणको प्रभावले व्यवसायमा आर्थिक लाभ हुनेछ।

मौसममा अचानक आएको परिवर्तनका कारण इन्फेक्सनको समस्या हुन सक्छ। पुरुष जातकले आफ्नो कामवासना नियन्त्रणमा राख्नुपर्छ। कुनै मित्रबाट अशुभ सूचना सुन्नुपर्ने अवस्था आउन सक्छ। आफ्ना गोप्य कुरा अरूसँग नगन्नुहोस्। सूर्य र केतुको सम्बन्धले निर्णय क्षमता कमजोर बनाउन सक्छ। प्रेमी वा जीवनसाथीप्रति शंका नगर्नुहोस्। खानपानमा ध्यान दिनुहोस्।

उपाय- दैनिक सूर्यलाई जल चढाएर सूर्याष्टक पाठ गर्नु लाभदायी हुनेछ।

वृष राशि

यो हप्ता वृष राशिका जातकका लागि हप्ताको सुरुवातमै कार्यक्षेत्रमा पदोन्नति हुने योग देखिन्छ। जागिरमा स्थानान्तरणसम्बन्धी योजना सफल हुनेछ। व्यस्तताका बीचमा पनि घर र परिवारका लागि समय निकाल्न सकिनेछ। समय शान्तिपूर्ण बित्नेछ। विद्यार्थीहरू पढाइप्रति अत्यन्तै केन्द्रित रहनेछन्।

बुद्धिमानीपूर्वक समस्या समाधान गर्न सकिनेछ। बच्चाहरूको भविष्यलाई लिएर रहेको चिन्ता हट्नेछ। प्रेमसम्बन्ध अत्यन्त रोमान्टिक रहनेछन्। ससुराली पक्षबाट खुशी प्राप्त हुनेछ। नयाँ लगानी अत्यन्त लाभकारी सावित हुनेछ।यस हप्तामा आफ्नै क्षमतामा शंका गर्नु हुँदैन। सम्पत्ति सम्बन्धी विषय मिलाउन गाह्रो पर्न सक्छ।

अदालत र कानुनी मामिलाका लागि यो हप्ता अनुकूल छैन। प्रविधि अध्ययन गर्ने विद्यार्थीहरू रोजगारका विषयमा केही चिन्तित रहनेछन्। नकारात्मक स्वभाव भएका व्यक्तिहरूसँग दूरी कायम गर्नुहोस्। कुनै कारणले अतिरिक्त खर्च हुन सक्छ। पर्याप्त निद्रा लिनु जरुरी छ। माइग्रेनका रोगीले विशेष ध्यान दिनुपर्नेछ।

वृष राशिका जातकहरूका लागि पनि यो हप्ता औसत फलदायी रहनेछ। यस हप्तामा कुनै पनि निर्णय हतारमा लिनु हुँदैन, नत्र लाभमा कमी आउन सक्छ। हप्ताको सुरुवातको तुलनामा उत्तरार्ध बढी लाभदायक र उन्नतिदायक रहनेछ। वृष राशिका जातकहरूले यस हप्तामा अघिसम्म रोकिएका कामहरू पूरा गर्ने प्रयास गर्नुपर्छ। जागिर गर्नेहरूले हप्ताको मध्यतिर अत्यन्त सावधानीपूर्वक काम गर्नु पर्नेछ, किनकि यस समयमा विरोधीहरूले तपाईँलाई बदनाम गर्ने कोसिस गर्नेछन्। स्वास्थ्य र सम्बन्धका दृष्टिले पनि यो समय प्रतिकूल हुन सक्छ।

मानसिक तनाव र शारीरिक थकानको अनुभव हुनसक्छ।दिनचर्या व्यवस्थित राख्नु आवश्यक छ। यस हप्तामा आफ्नो काम गर्ने शैलीमा सुधार ल्याउने प्रयास गर्नुहोस्। अरूको भर पर्नुभन्दा आफ्ना समस्याहरू आफैं समाधान गर्ने प्रयास गर्नुहोस्। हप्ताको उत्तरार्धमा छोटो वा लामो दूरीको यात्रा हुन सक्छ। प्रेमसम्बन्धमा ठूलो परिवर्तन देखिन सक्छ। अचानक पार्टनरले दूरी बनाउने अवस्था आउन सक्छ। गलतफहमीलाई संवादमार्फत हटाउन प्रयास गर्नुहोस्। जीवनसाथीको भावनाको कदर गर्नुहोस्।

उपाय- दैनिक शिवलिङ्गमा जल चढाउनुहोस् र शिव चालिसाको पाठ गर्नुहोस्।

मिथुन राशि

मिथुन राशिका लागि यो हप्ता शुभता, लाभ र उन्नतिदायी रहनेछ। यो हप्ता मेहनत र सतर्कताको रहनेछ। धैर्य र समझदारीले लिएका निर्णयहरूले मात्र तपाईंलाई सही दिशातर्फ अघि बढाउनेछन्।

मिथुन राशिका जातकहरूले यस हप्तामा कामकाजमा अतिरिक्त भागदौड गर्नुपर्नेछ। कामसँग सम्बन्धित यात्राहरू थकाइ दिने तर तत्काल परिणाम नदिने खालका हुनेछन्। गुप्त शत्रुहरूबाट सावधान रहनुहोस्, उनीहरूले तपाईंका प्रयासमा बाधा पुर्‍याउन सक्छन्। धनसम्बन्धी निर्णय सोचविचार गरेर गर्नुहोस् र लगानी वा जागिर बदल्ने कुरा गर्दा शुभचिन्तकसँग सल्लाह लिनुहोस्।

यात्रा र भागदौडका कारण शरीरमा थकान र मानसिक दबाब बढ्न सक्छ। पर्याप्त निद्रा लिनुहोस् र सन्तुलित आहारमा ध्यान दिनुहोस्। योग र ध्यानले मानसिक शान्ति दिलाउनेछ। प्रेमसम्बन्धमा सानो गलतफहमीले ठूलो विवाद लिन सक्छ, त्यसैले संवादलाई प्राथमिकता दिनुहोस्। विवाहित जातकहरूलाई जीवनसाथीको सहयोग प्राप्त हुनेछ।

घरभित्र र बाहिर दुवै क्षेत्रमा सहयोग र समर्थन पाइनेछ। मित्रहरूको साथले रोकिएका कामहरू बन्ने सम्भावना छ। व्यक्तिगत मान–प्रतिष्ठाप्रति सचेत रहनुहोस् र हाँसो–ठट्टा गर्दा मर्यादामा ध्यान दिनुहोस्। हप्ताको सुरुवातमा लामो यात्राको योग छ, यात्रा सुखद हुने र नयाँ सम्पर्कहरू बढाउने खालको हुनेछ। कार्यक्षेत्रमा तालमेल मिलाएर काम गर्दा लाभ हुनेछ। तपाईंको योग्यता र ईमानदारीले अन्यलाई प्रभावित गर्नेछ र त्यसको ठूलो इनाम पनि प्राप्त हुनसक्छ। पदोन्नतिको सम्भावना देखिन्छ।

व्यवसाय गर्नेहरूलाई पनि मनग्य लाभ हुने संकेत छ। यस हप्तामा सम्पत्ति किन्ने योजना बन्न सक्छ। सामाजिक क्षेत्रमा नयाँ चिनाजानी हुनेछ। प्रेमसम्बन्धमा पार्टनरसँग तालमेलमा कमी देखिन सक्छ, आपसी मनमुटाव रहन सक्छ, त्यसैले एकअर्काप्रति शंका नगर्नुहोस्। जीवनसाथीको स्वास्थ्य चिन्ताको विषय बन्न सक्छ। आफन्तहरूसँग सम्बन्ध सकारात्मक बन्नेछ। सन्तानतर्फबाट शुभ समाचार प्राप्त हुनेछ।

उपाय- दैनिक श्रद्धाभावपूर्वक गणेश स्तोत्रको पाठ गर्नुहोस्। यसले तपाईंका काममा आएका अवरोध हटाउनेछ र सकारात्मक उर्जा प्रदान गर्नेछ।

कर्कट राशि

कर्कट राशिका लागि यो हप्ता केही चुनौतीपूर्ण रहन सक्छ । हप्ताको सुरुवातमै स्वास्थ्य र सम्बन्धको मोर्चामा समस्या आउन सक्छ। नजिकका आफन्तहरूसँग मतभेद हुनाले तपाईँको चिन्ता बढ्न सक्छ। यस हप्तामा आफ्नो सामाजिक मान–प्रतिष्ठा जोगाउन विशेष ख्याल राख्नु आवश्यक छ।

कुनै पनि काममा छोटो बाटो अपनाउनुभन्दा नियम पालना गर्नुहोस् र लोभमा नपर्नुहोस्। जागिरे व्यक्तिहरूका लागि सुरुवाती समय ठीक रहनेछ। यस समयमा तपाईँ मन लगाएर काम गर्नुहुनेछ र वरिष्ठको प्रशंसा पाउनुहुनेछ। व्यापार गर्नेहरूका लागि पनि सुरुवातमा ठूलो निर्णय लिनु लाभकारी हुनेछ, तर उत्तरार्धमा सावधानीपूर्वक काम गर्नु जरुरी हुनेछ। यस अवधिमा गलत निर्णय लिन सक्ने सम्भावना रहनेछ।

कागजी काममा सचेत रहनुहोस्। धन–सम्पत्ति र आर्थिक विषयमा समस्या आउन सक्छ। सोचविचार गरेर मात्र अघि बढ्दा सफलता प्राप्त हुनेछ। सम्पत्ति विवादलाई संवादबाट समाधान गर्नु उपयुक्त हुन्छ। प्रेम सम्बन्धमा पार्टनरको भावनाको कदर गर्नुहोस् र आफ्नो विचार जबर्जस्ती थोपर्नुबाट बच्नुहोस्।

यस हप्तामा तपाईंको जीवन सकारात्मक उर्जाले भरिनेछ। सुरुवातमै शुभ समाचार प्राप्त भएर मन प्रसन्न हुनेछ। लामो समयदेखि प्रयास गरिएका कामहरू यस समयमा पूरा हुने देखिन्छन्। सन्तानसम्बन्धी चिन्ता हट्नेछ र तपाईँले राहतको सास लिन सक्नुहुनेछ। घर–परिवारमा धार्मिक वा माङ्गलिक कार्यको वातावरण बन्नेछ।

स्वास्थ्य सामान्य रहनेछ । मानसिक शान्तिका लागि ध्यान र नियमित निद्रालाई प्राथमिकता दिनुहोस् । करियर क्षेत्रमा भाग्यको साथ मिल्नेछ। प्रभावशाली व्यक्तिको सहयोगले नयाँ योजनासँग जोडिन सक्नुहुनेछ। व्यापारको दृष्टिले उत्तरार्ध लाभकारी हुनेछ। सम्पत्ति, घर वा सवारी साधन किन्न सक्ने सम्भावना छ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ भने अविवाहितहरूका लागि विवाह प्रस्ताव आउने योग छ।

उपाय- शिव चालिसा वा शिवमहिम्न स्तोत्रको पाठ गर्नु शुभ हुनेछ।

सिंह राशि

सिंह राशिका जातकहरूका लागि यो हप्ता सामान्य सुखदायी र प्रगतिदायी रहनेछ। महत्त्वपूर्ण कामहरूमा संघर्ष गर्नुपर्ने भए पनि अन्त्यतिर परिस्थितिहरू अनुकूल बन्छन्। यस हप्तामा अरूको भरमा काम छोड्ने गल्ती नगर्नुहोस्।यो हप्ता तपाईँका लागि मिश्रित परिणामहरू आउनेछ ।

सुरुमा योजनाहरूलाई समयमा पूरा गर्न अतिरिक्त मेहनत गर्नुपर्ने हुन सक्छ। खर्च आयभन्दा बढी हुने सम्भावना छ जसले गर्दा आर्थिक दबाब महसुस हुन सक्छ। व्यापारमा हतार नगर्नुहोस् र ठूलो सम्झौता गर्दा अनुभवी व्यक्तिहरूको सल्लाह लिनुहोस्।तपाईँ र जीवनसाथीको स्वास्थ्यप्रति ध्यान दिन आवश्यक छ। साना समस्या देखिए पनि बेवास्ता नगर्नुहोस्।

साझेदारीमा काम गरिरहेका व्यक्तिले विशेष सतर्कता अपनाउनु पर्नेछ। हप्ताको मध्यतिर यात्रा वा तीर्थयात्राको सम्भावना छ, जस क्रममा प्रभावशाली व्यक्तिहरूसँग भेटघाट हुनेछ। यो भेट भविष्यमा लाभदायक बन्न सक्छ।

हप्ताको उत्तरार्ध अपेक्षाकृत सहज रहनेछ र निजी समस्याको समाधान पनि पाइनेछ।प्रेम सम्बन्धमा पार्टनरले प्रत्येक कठिन परिस्थितिमा साथ दिनेछन्। परिवार र शुभचिन्तकले पनि तपाईँको मनोबल बढाउनेछन्।

हप्ताको उत्तरार्धमा मनचाहेको सफलता प्राप्त हुने सम्भावना छ जसले गर्दा मन प्रसन्न रहनेछ। नोकरीपेशा व्यक्तिले वरिष्ठ सहकर्मीहरूसँग तालमेल मिलाउनुपर्ने हुन्छ।कर्मको फल पाउन अतिरिक्त मेहनत र प्रयास आवश्यक हुनेछ। व्यवसाय गर्नेहरूले आफ्ना नीति र कार्यप्रणालीमा केही परिवर्तन गर्नुपर्ने हुन सक्छ।

हप्ताको मध्यतिर मौसमी रोगप्रति सावधान रहनुहोस्। विशेष गरी हड्डीसँग सम्बन्धित पीडा देखिन सक्छ। खानपानमा ध्यान दिनुहोस्।

प्रेम सम्बन्ध वा वैवाहिक जीवनमा मिठास कायम राख्न पार्टनरसँग समय बिताउनुहोस्। मतभेदलाई मनभेदमा परिणत हुन नदिनुहोस्। आफ्ना समस्याहरूलाई शान्तिपूर्वक समाधान गर्ने प्रयास गर्नुहोस्।

उपाय- प्रत्येक दिन नारायण कवचको पाठ गर्नुहोस्।

कन्या राशि

कन्या राशिका लागि यो हप्ता मिश्रित परिणाम दिनेछ । हप्ताको सुरुवातमा कामकाजसँग सम्बन्धित केही कठिनाइ आउन सक्छन् तर मध्यतिर परिस्थिति क्रमशः अनुकूल हुँदै जानेछ। साना–माना समस्याबाट विचलित हुनुको सट्टा त्यसको डटेर सामना गर्नुहोस्। कार्यक्षेत्रमा सचेत रहनुहोस् किनकि विरोधीहरूले हानि पुर्‍याउने प्रयास गर्न सक्छन्।

व्यवसाय गर्नेहरूले आफ्नो व्यापारमा अझ बढी ध्यान दिनुपर्ने हुन्छ। सतर्कतासाथ अघि बढ्दा सफलता अवश्य पाइनेछ। हप्ताको उत्तरार्धमा परिस्थिति सहज हुन थालेपछि आत्मविश्वास बढ्नेछ। आर्थिक पक्षमा देखा परेका समस्यालाई बेवास्ता नगर्नुहोस्, नत्र समस्या अझ बढ्न सक्छ। उत्तरार्धतिर कुनै प्रभावशाली व्यक्तिको सहयोगले सम्पत्ति सम्बन्धी विवाद मिल्ने सम्भावना छ।

यस हप्तामा स्वास्थ्यमा विशेष ध्यान दिनु आवश्यक छ। खानपानमा संयमता राख्नुहोस् र सोचलाई सकारात्मक राख्नुहोस्। वैवाहिक जीवन सुखी बनाउन अनावश्यक विवाद वा कलह–क्लेशबाट टाढा रहनुहोस्।यस हप्तामा भाग्यको साथ पाइनेछ। लामो समयदेखि रोजगारी वा कामको खोजीमा रहेकाहरूलाई अवसर प्राप्त हुन सक्छ।

व्यापार विस्तारका योजना सफल हुनेछन् र यात्रा लाभदायी बन्नेछन्। स्वास्थ्य सामान्य रहनेछ। जीवनशैली संतुलित राख्नुहोस् र खानपानमा लापरबाही नगर्नुहोस्। हप्ताको उत्तरार्धमा आयका नयाँ स्रोत प्राप्त हुनेछन् जसले आर्थिक स्थिति मजबुत बनाउनेछ। कुनै विशेष कार्य वा उपलब्धिका लागि सम्मान पाउने सम्भावना पनि छ। पारिवारिक सम्बन्धमा सामञ्जस्य रहनेछ, आमा–बुबाको सहयोग पाइनेछ। प्रेम सम्बन्धमा मधुरता बढ्नेछ, पार्टनरले तपाईंका भावनालाई बुझ्नेछन् र अप्रत्याशित रूपमा कुनै रमाइलो सरप्राइज पनि पाउन सक्नुहुन्छ।

उपाय- प्रतिदिन गणपति अथर्वशीर्षको पाठ गर्नुहोस्।

तुला राशि

तुला राशिका लागि यो हप्ता अत्यन्तै शुभ र लाभदायक रहनेछ। सप्ताहको शुरुआतमा साना–साना कामका लागि बढी दौडधुप र मेहनत गर्नु पर्नेछ, तर तपाईंको धैर्य, परिश्रम र योजनाबद्ध कार्यले अन्ततः सफलता दिलाउनेछ।

जागिरेहरूले यस हप्तामा आफ्नो काममा परिवर्तन वा स्थानान्तरणको अवसर पाउनेछन्, जसले तपाईंको करियरमा नयाँ दिशा प्रदान गर्नेछ। सहकर्मी, परिवार र वरिपरिको वातावरणसँग मिलेर काम गर्दा फाइदा हुनेछ र कामकाजमा सहजता र सहयोगको अनुभव हुनेछ।

व्यापार र व्यवसायमा लाग्नेहरूले मनपर्ने लाभ पाउनेछन्, तर धनको लेनदेनमा विशेष सावधानी अपनाउन आवश्यक छ। अनावश्यक खर्चलाई नियन्त्रण गर्नुहोस्, किनभने सप्ताहको उत्तरार्धमा खर्च बढ्ने संकेत छन्। यदि तपाईं जग्गा वा घर खरिद–बिक्रीको योजना बनाउँदै हुनुहुन्छ भने सप्ताहको उत्तरार्ध समय अधिक अनुकूल रहनेछ, यस समयमा सम्झौताहरू सोच–विचार गरेर गर्नु लाभदायक हुनेछ।

प्रेम सम्बन्धलाई मजबुत बनाउन र दाम्पत्य जीवन सुखमय बनाउन एकअर्काको भावनाको आदर गर्नु अत्यन्त जरुरी छ। जीवनसाथीसँग रमाइलो समय बिताउने अवसर प्राप्त हुनेछ, जसले पारिवारिक सम्बन्धमा सामंजस्य र आत्मीयता बढाउनेछ। कसैले गैरकानुनी कार्यका लागि प्रलोभन दिन सक्छ, यस्तो अवस्थामा लालचमा नपर्नुहोस् र गलत बाटो नअपनाउन विशेष सचेत रहनुहोस्। आत्मनिर्भर व्यवसायी वा उद्यमीका लागि यो हप्ता अत्यन्तै सफल रहनेछ। तपाईंको कामको प्रशंसा समाज र परिवार दुवैबाट हुनेछ, जसले तपाईंलाई मान–सम्मान र नयाँ अवसर प्राप्त गराउनेछ।

करियर र व्यवसायमा तपाईंको परिश्रम, धैर्य र सही योजना यस हप्तामा निर्णायक हुनेछ। चुनौतीहरू आउँदा पनि धैर्य, सावधानी र विवेकपूर्ण निर्णयले तपाईंलाई सफलता दिलाउनेछ। आर्थिक दृष्टिले सोच–विचार गरेर निर्णय लिनु लाभदायक रहनेछ। सप्ताहको मध्य तथा उत्तरार्धमा सामाजिक र व्यवसायिक अवसरहरू प्राप्त हुने सम्भावना छ।स्वास्थ्यको दृष्टिले यस हप्तामा ध्यान दिनु आवश्यक छ।

खानपान सन्तुलित राख्नुहोस्, नियमित व्यायाम र आरामको व्यवस्था गर्नुहोस्। यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्, सुरक्षा नियमहरू पालन गर्नु लाभदायक हुनेछ। प्रेम र पारिवारिक जीवनमा संवाद कायम राख्नु, मतभेदहरूलाई समझदारीपूर्वक समाधान गर्नु फाइदाजनक रहनेछ।

उपाय- मानसिक शान्ति र सकारात्मक ऊर्जा प्राप्त गर्न प्रत्येक दिन ११ पटक ॐ नमो नारायण मन्त्र जप गर्नुहोस्। यसले मनको स्थिरता, आत्मविश्वास र सकारात्मक सोच बढाउनेछ।

वृश्चिक राशि

वृश्चिक राशिका लागि यो हप्ता मिश्रित फलदायक रहनेछ। यस हप्तामा तपाईंले आफ्नो जीवनका विभिन्न क्षेत्रमा चुनौती र अवसर दुवैको सामना गर्नु पर्नेछ। महत्त्वपूर्ण कामहरूमा संघर्ष गर्नुपर्ने समय छ। यदि कुनै कानुनी वा अदालतको काम छ भने त्यसमा अतिरिक्त मेहनत गर्नुपर्नेछ।

यस हप्तामा निर्णय लिँदा भावनामा बहेर ठूलो निर्णय नगर्नुहोस्, अन्यथा पछि पछुताउनु पर्न सक्छ।सप्ताहको शुरुआतमा सामाजिक सम्बन्ध र घरपरिवारसँगको तालमेलमा केही उतार–चढाव देखिन सक्छ। साथीहरूबीचको मतभेदले तनाव उत्पन्न गर्न सक्छ, त्यसैले संवादमार्फत समस्या समाधान गर्ने प्रयास गर्नु लाभदायक हुनेछ। व्यवसाय वा रोजगारमा नयाँ अवसर आउनसक्छ, तर हरेक काममा धैर्य र सावधानी अपनाउनु आवश्यक छ।

सप्ताहको मध्यमा छोटो यात्रा वा तीर्थाटनको अवसर बन्न सक्छ, जसले तपाईंको सामाजिक र व्यवसायिक क्षेत्रलाई बल दिनेछ।

यात्रा सुखद र लाभदायक रहने सम्भावना छ, तर तयारी र सतर्कता अपनाउन जरूरी छ। स्वास्थ्यमा सामान्य सुधार देखिन्छ, तर नियमित व्यायाम, सक्रिय जीवनशैली, र सन्तुलित खानपानमा ध्यान दिनु लाभदायक हुनेछ। खेलकुद वा शारीरिक गतिविधिमा सहभागी हुँदा सुरक्षा उपकरणको प्रयोग गर्न नबिर्सनुहोस्, जसले कुनै चोट वा संक्रमणबाट बचाउन मद्दत गर्छ।

व्यापार, व्यवसाय वा आर्थिक लगानीमा विशेष सावधानी अपनाउनु आवश्यक छ। पूँजी लगानी गर्दा कुनै पनि कदम हतारमा नउठाउनुहोस्। सम्पत्ति खरिद–बिक्री गर्दा हानि हुन सक्ने सम्भावना छ। आर्थिक निर्णयहरू सोच–विचार गरेर मात्र लिनु लाभदायक हुनेछ। सानो खर्चमा नियन्त्रण गर्नुहोस्, किनभने उत्तरार्धमा अनावश्यक खर्च बढ्ने संकेत छ।

प्रेम र दाम्पत्य सम्बन्धमा आपसी समझदारी र सहयोग महत्वपूर्ण रहनेछ। मतभेद भए संवादमार्फत समाधान खोज्नुस्। जीवनसाथीसँगको समयलाई प्राथमिकता दिनुहोस्, जसले दाम्पत्य जीवनलाई सुखद बनाउनेछ। अविवाहितहरूले प्रेम सम्बन्धमा सकारात्मक परिणाम पाउने अवसर प्राप्त गर्न सक्छन्।

करियरको क्षेत्रमा साहस र पराक्रममा केही कमी देखिन सक्छ। केही महत्त्वपूर्ण अवसरहरू समयमै प्रयोग गर्न नपाउने अवस्था आउन सक्छ। त्यसैले आत्मविश्वास कायम राख्नुहोस् र जल्दबाजी वा असमञ्जसको स्थितिबाट बच्ने प्रयास गर्नुहोस्। विद्यार्थीलगायत पेशागत क्षेत्रमा सुधार ल्याउन सक्रिय रहनु लाभदायक हुनेछ।

उपाय- प्रतिदिन हनुमानजीको पूजा गर्दा बजरंग बाणको पाठ गर्नुहोस्। यसले मनको स्थिरता, साहस, र जीवनका चुनौतीहरू सामना गर्ने क्षमता बढाउनेछ।

धनु राशि

धनु राशिले यो हप्ता मिश्रित परिणाम ल्याउने देखिन्छ । यस हप्तामा तपाईंलाई घर र बाहिरी दुवै क्षेत्रमा अपेक्षाकृत कम सहयोग मिल्ने सम्भावना छ। तर, आफ्नो कार्यशैलीमा सुधार गर्ने प्रयासले सकारात्मक परिणाम दिनेछ। सप्ताहको पूर्वार्धमा कार्य-व्यवसायमा आउने विघ्न बाधाहरू कम देखिनेछन्। कुनै प्रभावशाली व्यक्तिको सहयोगले रोकिएका कार्यहरूमा गति आएर तपाईंको मनमा सन्तोष पैदा हुनेछ। नयाँ रोजगारी खोज्नमा लागिरहेका व्यक्तिहरूलाई आंशिक सफलता प्राप्त हुने सम्भावना छ।

धनु राशिका जातकहरूले यस हप्तामा अरूको बहकावामा आएर ठूलो निर्णय लिनुहुँदैन। भ्रमको अवस्थामा निर्णय टाल्न उत्तम हुनेछ। स्वास्थ्यको दृष्टिले यस हप्तामा केही समस्या देखिन सक्छ। मानसिक तनाव, उच्च रक्तचाप जस्ता समस्या देखा पर्न सक्छन्। त्यसैले प्रतिदिन योग र ध्यान गर्ने व्यवस्था गर्नु अत्यावश्यक हुनेछ।सप्ताहको उत्तरार्धमा पैतृक सम्पत्ति सम्बन्धी वार्ता परिवारसँग हुनेछ।

संवादबाट समस्या समाधान हुने सम्भावना बढी देखिन्छ। प्रेम सम्बन्ध सामान्य रहनेछन्। लव पार्टनरसँग तालमेल राम्रो रहनेछ। दाम्पत्य जीवनमा पति-पत्नी बीच प्रेम र सामंजस्य कायम रहनेछ।

आर्थिक र निवेशको दृष्टिले यो हप्ता शुभ रहनेछ। तपाईंको लगानीले आर्थिक सुरक्षा र समृद्धि बढाउनेछ। तर, हतारमा कुनै वित्तीय निर्णय लिनुहुँदैन। शान्त मन र धैर्यपूर्वक गरिएको निर्णयले मात्र उत्तम नतिजा दिनेछ।

जब तपाईं आफैंलाई एक्लो महसुस गर्नुहुन्छ, तब तपाईंका माता-पिताले प्रेरणा दिनेछन्। तिनीहरूको आशीर्वाद र सहयोगले मनोबल बढ्नेछ र पारिवारिक जीवन सुखद तथा सन्तुलित रहनेछ। यस हप्तामा परिवारको सहयोगले आत्मविश्वास अझ बलियो बनाउनेछ।कार्य क्षेत्रमा कुनै विदेश यात्रा हुने सम्भावना प्रबल छ। तर, यात्रा अघि परिवारसँग विचार-विमर्श गर्नु जरुरी छ। घरमा कुनै आवश्यक कार्यको कारण यात्रा बीचमै रद्द हुन सक्ने सम्भावना छ। यस्तो अवस्थामा धैर्य र सन्तुलन अपनाउनु लाभदायक हुनेछ।

स्वास्थ्यमा ध्यान दिनुहोस्, खानपान सन्तुलित राख्नुहोस् र यात्रा तथा बाहिरी गतिविधिमा सतर्क रहनुहोस्। प्रेम र पारिवारिक जीवनमा संवाद कायम राख्नु लाभदायक हुनेछ।

उपाय- प्रतिदिन सूर्य नारायणलाई जल अर्पण गर्दै आदित्य हृदय स्तोत्रको पाठ गर्नुहोस्।

मकर राशि

यो हप्ता मकर राशिका जातकहरूका लागि मिश्रित अवसर र चुनौती बोकेको रहनेछ। सप्ताहको सुरुवात सकारात्मक संकेतले भरिएको छ। यस समयमा रोकिएका कामहरू सम्पन्न हुनेछन् र तपाईंको मनमा आत्मविश्वास र उत्साह बढ्नेछ। तर विरोधी पक्षहरूले तपाईंको प्रगति रोक्ने प्रयास गर्न सक्छन्। तपाईंले सतर्कतापूर्वक काम गर्दा सबै चालहरू विफल पार्नेमा सफल हुनुहुनेछ।

जागिरेहरूले यस हप्तामा आफ्नो कार्यशैलीमा सुधार गर्न आवश्यक छ। वरिष्ठ सहयोगीहरूसँग राम्रो तालमेल राख्दा कार्यक्षेत्रमा सहजता आउनेछ। पदोन्नति वा कामको कदर बढ्ने सम्भावना छ। नयाँ परियोजनाहरू र जिम्मेवारीहरूको सामना गर्नुपर्ला, जसले तपाईंको नेतृत्व र प्रबन्धन क्षमता परीक्षण गर्नेछ। व्यवसायीहरूले यो हप्ता आफ्ना व्यवसायिक योजनाहरूमा फाइदा पाउनेछन्। तर, व्यवसायसँग सम्बन्धित निर्णयहरूमा जल्दबाजी नगर्नुहोस्। ठूलो आर्थिक लगानी वा नयाँ परियोजनामा प्रवेश गर्नु अघि विशेषज्ञको सल्लाह लिनु लाभदायक हुनेछ।

सप्ताहको प्रारम्भमा धनप्राप्ति सामान्य रहनेछ, तर खर्च पनि बढ्नेछ। विशेषगरी उत्तरार्धमा अनावश्यक खर्च बढ्ने सम्भावना छ। पैसाको सदुपयोग गर्नुहोस् र भविष्यका लागि बचतको योजना बनाउनुहोस्। नयाँ सम्पत्ति खरिद, घर वा सवारी साधनको योजना भए उत्तरार्ध अधिक अनुकूल रहनेछ। कुनै प्रकारको वित्तीय निर्णय गर्दा धैर्य र सावधानी अपनाउनु लाभदायक हुनेछ।

लव पार्टनरसँग सम्बन्ध राम्रो रहनेछ। एक अर्काप्रति विश्वास र समझदारी बढ्नेछ। यदि प्रेम सम्बन्धमा केही मतभेद देखिन्छ भने, त्यसलाई संवादद्वारा समाधान गर्ने प्रयास गर्नुहोस्। दाम्पत्य जीवन सुखद र सामंजस्यपूर्ण रहनेछ। जीवनसाथीसँग समय बिताउने अवसर प्राप्त हुनेछ। प्रेम वा वैवाहिक जीवनमा साना साना सरप्राइज र सहयोगले सम्बन्ध अझ मजबुत हुनेछ।

स्वास्थ्यमा सामान्य सुधार देखिनेछ, तर सर्वाइकल, मांसपेशी र हड्डी सम्बन्धी समस्या हुने सम्भावना छ। नियमित व्यायाम, योग, ध्यान र संतुलित खानपानले स्वास्थ्यमा सुधार ल्याउनेछ। यात्रा गर्दा सुरक्षा र सावधानी अपनाउनुहोस्।

खेलकुद वा शारीरिक गतिविधिहरू गर्दा सुरक्षा उपकरणको प्रयोग गर्नु लाभदायक हुनेछ।यस हप्तामा कुनै पनि प्रकारको गैरकानूनी कार्य वा पैसाको लालचमा नपर्नुहोस्। गलत निर्णयले ठूलो समस्यामा पुर्याउन सक्छ। विरोधी वा भ्रमपूर्ण व्यक्तिहरूको प्रभावमा नपर्नुहोस्।

उपाय- प्रतिदिन ॐ नमः शिवाय १०८ पटक जप गर्नुहोस्।

कुम्भ राशि

यो हप्ता कुम्भ राशिका जातकहरूका लागि अधिकांशतः सकारात्मक रहनेछ। रोकिएको कामहरू सम्पन्न हुने योग बन्नेछन् र सामाजिक मान–प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा तपाईंको परिश्रम र प्रयासको प्रशंसा गरिनेछ। यस हप्तामा आत्मविश्वास कायम राख्नु अत्यन्त आवश्यक छ, किनकि तपाईंको सफलता र लाभ अपेक्षाभन्दा बढी प्राप्त हुने संकेत देखिन्छ ।

जागिर गर्ने जातकहरूले सप्ताहको मध्यमा कुनै राम्रो समाचार सुन्न सक्नेछन्। बहुप्रतीक्षित स्थानान्तरण, पदोन्नति वा नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ। कार्यक्षेत्रमा तपाईंको प्रयास र कार्यक्षमता प्रमुख ध्यानाकर्षण गर्नेछ। व्यवसायीहरूको दृष्टिले यो सप्ताह लाभदायक रहनेछ। व्यापार विस्तार, प्रचार–प्रसार र मार्केटिङमा ध्यान दिएर तपाईंको प्रतिष्ठा बढ्नेछ। व्यापारिक यात्रा लाभप्रद रहनेछ ।

सप्ताहको प्रारम्भ र मध्य भागमा आय र लाभ बढ्ने सम्भावना छ । तर खर्चमा अनावश्यक वृद्धि हुन सक्नेछ, त्यसैले पैसाको विवेकपूर्ण प्रयोग गर्नु आवश्यक छ। यदि नयाँ व्यवसाय सुरु गर्ने योजना छ भने यो सप्ताह अनुकूल छ। टेक्सटाइल वा सेवा क्षेत्रका व्यवसायीहरूको आय बढ्नेछ।

प्रेम सम्बन्धमा लव पार्टनरसँग भावनात्मक लगाव बढ्नेछ। जीवनसाथीसँग सम्बन्धमा सामंजस्य रहनुका साथै विश्वास र समझदारी कायम रहनेछ। प्रेम विवाहका सम्भावनाहरू बढ्नेछ, परिवारलाई मनाउने अवसर प्राप्त हुनेछ। विवाहित जातकहरूको दाम्पत्य जीवन सुखमय रहनेछ। विरोधीहरूले आलोचना गरेर उकसाउने प्रयास गर्न सक्छन्। पुरुष जातकहरूले महिलाप्रति आदरभाव कायम राख्नुहोस्।

भावनात्मक निर्णयबाट बच्नुहोस्। घरायसी विवाद र झगडाबाट टाढा रहनुहोस्।तपाईंको राशिमा चन्द्रग्रहण घट्दैछ। यसको प्रभावले मानसिक तनाव बढ्न सक्छ। तपाईंले तन्त्र र अध्यात्ममा रुचि लिन सक्नुहुन्छ। भावनात्मक निर्णय लिनबाट बच्नुहोस्। करियर सम्बन्धी महत्वपूर्ण निर्णय लिन सकिन्छ। अनुसन्धानात्मक कार्यतर्फ झुकाव बढ्नेछ। आफ्ना वरिष्ठ वा अनुभव भएका व्यक्तिहरूको सुझावको अवहेलना नगर्नुहोस्। आत्मविश्वासमा केही कमी महसुस हुन सक्छ।

उपाय- प्रतिदिन भगवान् शिवको पूजामा चालिसा पाठ गर्नुहोस्।

मीन राशि

मीन राशिका जातकहरूका लागि यो हप्ता औसत फलदायी रहनेछ। यस हप्तामा तपाईंको मनमा विभिन्न प्रकारका चिन्ता र तनाव रहनेछ। मीन राशिका जातकहरूले मित्र, साथी र कार्यक्षेत्रका सहकर्मीहरूसँग मिलेर काम गर्नु आवश्यक हुनेछ।

तपाईंका साथीहरू र सहकर्मीहरूले तपाईंको साथ दिनेछन् र सकेसम्म सहयोग गर्नेछन्।सप्ताहको उत्तरार्धतिर परिस्थितिहरू अपेक्षाकृत अनुकूल हुनेछन्। यस समयमा अटकेका कामहरू अघि बढ्नेछन् र पुराना समस्याहरू समाधान हुनेछन्। पैतृक सम्पत्ति प्राप्तिमा रोकावट हट्दा तपाईं राहत महसुस गर्नुहुनेछ। सप्ताहको उत्तरार्धमा अचानक कुनै तीर्थ यात्रा गर्नुपर्ने कार्यक्रम बन्न सक्छ, जसले तपाईंको मन धर्म-कर्म र सामाजिक कार्यहरूमा रमाउनेछ।

प्रेम सम्बन्ध सामान्य रहनेछ। दम्पतीबीच प्रेम र सहयोगमा वृद्धि हुनेछ। पारिवारिक वातावरण सुखद रहनेछ।

आर्थिक मामिलामा विशेष सतर्कता अपनाउनु आवश्यक छ। अनावश्यक खर्च वा बजेटभन्दा बढी खर्चले आर्थिक तंगीको सम्भावना बढाउन सक्छ। त्यसैले हप्ताको सुरुवातमै ठोस आर्थिक योजना बनाउनुहोस् र परिवार वा जीवनसाथीको सहयोग लिएर धन व्यवस्थापन गर्नुहोस्।

धेरैजसो समय तपाईं घरेलु जिम्मेवारीबाट बच्न खोज्नुहुन्छ, तर यस हप्तामा परिस्थितिहरूले तपाईंलाई परिवारका दायित्व पूरा गर्न बाध्य पार्नेछन्। यी जिम्मेवारीहरूलाई बोझ नभई सहयोगको भावना राखेर निभाउँदा तपाईंको मानसिक शान्ति र सन्तुलन कायम रहन्छ।

हप्ताको सुरुवातमा परिवारका कुनै प्रिय सदस्यसँग मतभेद वा वाद–विवाद हुँदा मन खिन्न हुन सक्छ। यस समयमा मौसमी रोग वा पुरानो स्वास्थ्य समस्या फेरि देखा पर्नाले पनि तपाईंलाई असजिलो हुन सक्छ।

देखावटी जीवनशैली त्याग्नुहोस्। तपाईं एकाग्र हुन सफल हुनुहुनेछ। वैवाहिक जीवनमा सम्बन्ध बलियो हुनेछ। कार्यस्थलमा तपाईंको जिम्मेवारी बढ्नेछ। कसैलाई पैसा सापटी नदिनुहोस्। रातमा नराम्रो सपना देख्न सक्नुहुन्छ । तपाईंको मनमा धेरै विचारहरूको प्रवाह हुनेछ। आफ्नो बच्चाको स्वास्थ्यको ख्याल राख्नुहोस्।

उपाय- हप्ताको नकारात्मक प्रभाव कम गर्न र पुण्य लाभ हासिल गर्न शनिबार गरीबहरूलाई भोजन गराउनुहोस्। गिताको अध्याय पाठ गर्नुहाेस् ।

Skip This
Skip This
Logo