काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २० जना सांसदले सामूहिक राजीनामा दिएका छन्। जेनजी पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमन र दर्जनौं युवाको ज्यान गएपछि रास्वपाले यस्तो कदम चालेको हो।
संसदीय दलको कार्यवाहक सभापति तथा पूर्वनेता डोल प्रसाद अर्यालले हस्ताक्षर गरेको विज्ञप्तिमा दलका नेता रवि लामिछाने, उपनेता विराजभक्त श्रेष्ठ, डा. स्वर्णिम वाग्ले, डा. तोसिमा कार्की, शिशिर खनाल, सुमना श्रेष्ठ, सोबिता गौतमलगायत २० सांसदको नाम समावेश गरिएको छ।































प्रतिक्रिया