सेवा अवरुद्ध भएकोमा भायानेटले माग्याे माफी

सेवा अवरुद्ध भएकोमा भायानेटले माग्याे माफी

केन्द्रबिन्दु
27
Shares

काठमाडाैं । भायानेटले हालै इन्टरनेट र भायटिभी सेवामा आएको अवरोधका लागि ग्राहकहरूसँग माफी मागेको छ।

भदौ २४ गते साँझ करिब ४:४५ बजे प्रदर्शनका क्रममा लागेको आगलागीले थापाथलीमा रहेको सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा रहेको कम्पनीको प्रमुख डाटा सेन्टरमा क्षति पुर्‍याएको भायानेटले जनाएको छ ।

यद्यपि ब्याकअप डाटा सेन्टरहरू रहेको पनि भायानेटले जनाएको छ। यस्तो महत्वपूर्ण संरचना अचानक गुमाउँदा ती सबै ग्राहकको इन्टरनेट ट्राफिक सम्हाल्न पर्याप्त भएनन् र सेवा देशभर अवरुद्ध हुनपुगेको कम्पनीले उल्लेख गरेको छ।

‘हाम्रो प्राविधिक टोली तुरुन्तै खटाइयो, तर भवन असुरक्षित भएकाले तत्काल प्रवेश गर्न सकिएन। त्यसबीचमा ब्याकअप डाटा सेन्टरमार्फत आंशिक रूपमा इन्टरनेट चलाउन सकियो। तर धेरै ग्राहक अझै प्रभावित भए। त्यतिबेला भायाटिभी सेवा अनलाइन ल्याउन सकिएन किनभने पहिलो प्राथमिकता इन्टरनेट सेवा सुचारु गर्नु थियो’, भायानेटले भनेको छ।

भदौ २५ गते बिहान सेना र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएपछि दिउँसो करिब १२ बजे हाम्रो प्राविधिक टोली भवनभित्र प्रवेश गर्न सक्यो। आंशिक रूपमा जलेको भवन, धुवाँ र भाँचिएका सिसामाझैँ खतरनाक अवस्थामै उनीहरूले जोखिम मोलेर आवश्यक सर्भरहरू सुरक्षित रूपमा बाहिर ल्याएर अर्को सुरक्षित डाटा सेन्टरमा पुनःस्थापना गरे।

भायानेटका अनुसार प्राविधिक टोलीको असाधारण प्रयासका कारण अहिले अधिकांश ग्राहकको इन्टरनेट सेवा सुचारु भइसकेको छ र आजै साँझसम्म पूर्ण क्षमतामा सेवा सञ्चालन गर्ने लक्ष्य छ। भायाटिभी सेवा पनि चाँडै सुचारु गरिने कम्पनीले जनाएको छ। ‘हामी बुझ्छौँ— यस्तो समयमा इन्टरनेट र टिभी सेवा कति जरुरी छ। यो असाधारण घटनाले हाम्रो नेटवर्कलाई अझ मजबुत बनाउन थप प्रेरणा दिएको छ’, कम्पनीले भनेको छ।

Skip This
Skip This
Logo