काठमाडाैं । जेनजी आन्दोलनका क्रममा पर्वत कारागारबाट फरार भएका १९ जना कैदीबन्दीमध्ये ९ जना फिर्ता भएका छन् । १० जना अझै सम्पर्कमा नरहेको जिल्ला कारागार कार्यालय पर्वतले बताएको छ ।
कारागारबाट फरार हुनेहरुकाे खोजी कार्यमा कार्यालय र सुरक्षा निकाय कार्यालयका सुचना अधिकारी महेन्द्र रेग्मीले जानकारी दिएका छन् । यस्तै, कार्यालयले फरार रहेकाहरुलाई सम्पर्कमा आउन समेत आग्रह गरेको छ ।
देशका विभिन्न कारागारहरुबाट बाहिरिएका कैदीबन्दीहरु केही सम्पर्कमा आएको र सम्पर्कमा नआउनेहरुको खोजी कार्यमा प्रहरी लागिपरेको छ ।
यस्तै, कञ्चनपुर कारागारबाट बाहिरिएका २३९ कैदीबन्दी फिर्ता भएका छन् । कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार फिर्ता हुनेमा २२७ पुरुष र १२ महिला कैदीबन्दी रहेका छन् । कारागारमा रहेका २८ जना भारतीय कैदीबन्दीमध्ये १० जनालाई मात्रै प्रहरीले पक्राउ गर्न सफल भएको छ । अझै १८ जना भारतीय कैदीबन्दी फरार रहेका छन् ।
जेनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट फरार २३९ कैदीबन्दी फिर्ता भएका छन् । कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार फिर्ता हुनेमा २२७ पुरुष र १२ महिला कैदीबन्दी छन् । भदौ २३ र २४ गते देशव्यापी जेनजी आन्दोलनका क्रममा भएका प्रदर्शन, तोडफोड र आगजनीका घटनापछि विभिन्न कारागारहरूबाट हजारौं कैदीबन्दी बाहिरिएका थिए ।
निमित्त प्रशासक जोशीले भने, ‘कारागारबाट बाहिरिएकामध्ये केही कैदीबन्दीहरू सम्पर्कमा रहेका छन् । तिनले तीन दिनभित्र फिर्ता हुने अश्वासन दिएका छन् । सम्पर्कमा नआएका कैदीबन्दीहरूको खोजीका लागि प्रहरीले तीव्र खोजतलास गरिरहेको छ ।’ यसमा १८ जना भारतीय कैदीबन्दी पनि समावेश छन्, जसमध्ये केहीलाई प्रहरीले पक्राउ गरी फिर्ता गरेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले पनि कारागारबाट कैदीबन्दीहरू भाग्नुले अपराध पीडितहरूको न्याय हनन् भएको भन्दै चिन्ता व्यक्त गरेको छ । आयोगका अनुसार यसले पीडित परिवारमा मनोवैज्ञानिक असर परेको छ । प्रहरीले फरार कैदीबन्दीहरूको सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन सर्वसाधारणलाई अपिल गरेको छ ।





























प्रतिक्रिया