ताप्लेजुङ

सुन्दा अचम्म लाग्ला, हराएको ३० वर्षपछि दाहसंस्कारसँगै काजकिरिया गरियो भन्दा । "/>

बाबु हराएको ३० वर्षपछि दाहसंस्कार !

बाबु हराएको ३० वर्षपछि दाहसंस्कार !

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङ

सुन्दा अचम्म लाग्ला, हराएको ३० वर्षपछि दाहसंस्कारसँगै काजकिरिया गरियो भन्दा । तर सत्य हो ताप्लेजुङको फुङ्लिङ–८ तिनधारेका घिमिरे परिवारले भर्खरै मात्र विधि पु¥याएर पितृ संस्कार गरेका छन् ।

गत आइतबार १३ दिनको काम सकिएको हो । १ श्रीमती, ४ छोरा र २ छोरीबाट धान्यप्रसादको मृत्यु संस्कार सकिएको छ । ‘जसरी अरु संस्कार गरिन्छ त्यस्तै नै भयो, कुशको शव बनाएर खोलामा लग्यौं’, छोरी चण्डिकाले भनिन्– ‘बुबाको सम्झना नै हराइसकेको छ, कस्तो हुनुहुन्थ्यो बिर्सिसक्यौं ।’ चण्डिका भन्दा सानी १ बहिनी र ३ भाइ छन् । कृषि सामग्री संस्थान ताप्लेजुङमा कार्यरत उहाँ बढुवा भएपछि चाँगे गाउँ विकास समितिमा जागिर खान जानुभएको थियो ।

नयाँ कार्यालयमा केही दिन काम गरेर फर्कने क्रममा उहाँ नाङ्गेमा एकजना प्याकुरेल थरका आफन्तकोमा १ रात बस्नु भएको थियो । पुरानो कार्यालयको काम बाँकी छ भन्दै तमोर पारि जाने भन्नु भएका उहाँ अहिले सम्म भेटिनु भएको छैन । जेठा छोरा गंगाप्रसाद घिमिरे बुबा हराएपछि धेरै दिन खोज्दा पनि नभेटिएको बताउनुु हुन्छ ।

‘यहाँ खोज्न बाँकी छ भन्ने नै भएन, फिदिम सम्म नै खोज्यौं, भेटिएन’, गंगाप्रसाद भन्नुहुन्छ– ‘बुबाको निधनपछि दुःखले नै परिवार चल्यो, एकातिर पारिवारिक चिन्ता अर्कातिर घरधन्दा चलाउन समस्या ।’

२०४५ साल जेठ १४ गते हो धान्यप्रसाद बेपत्ता हुनु भएको । जेठ १४ लाई नै आधार मानेर यसपछिका सबै संस्कार गर्ने निर्णय भएको उहाँहरूको भनाइ छ । अघिल्लो मंगलबार १५ दिनको मासे सकिएको छ । ४ छोराले सेतो पोशाक लाउनु भएको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo