काठमाडौं महानगरले यस वर्षको दसैँमा फोहोर सङ्कलन नगर्ने

काठमाडौं महानगरले यस वर्षको दसैँमा फोहोर सङ्कलन नगर्ने

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । काठमाडौं महानगरले यस वर्षको दसैँमा फोहोर सङ्कलन नगर्ने भएको छ ।

महानगरले एक सूचना जारी गर्दै दसैँका अवसरमा फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारीहरू समेत आफ्नो घर जाने तथा अन्तिम विसर्जन स्थलसमेत बन्द रहने भएकाले असोज १४, १५ र १६ गते फोहोरमैला सङ्कलन नहुने जानकारी गराएको हो ।

उक्त तीन दिन नागरिकहरूलाई आफ्नो घरबाट उत्सर्जन हुने फोहोरमैलालाई स्रोतमै पृथकीकरण गरी सुरक्षित तवरले राख्न विशेष आग्रह गरिएको छ ।

Skip This
Skip This
Logo