राजदेवी मन्दिरमा १४ हजार ९ सय ३ बोकाको बलि प्रदान

राजदेवी मन्दिरमा १४ हजार ९ सय ३ बोकाको बलि प्रदान

केन्द्रबिन्दु
21
Shares

जनकपुर । जनकपुरधामको राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ९ सय ३ वटा बोकाको बलि प्रदान भएको छ ।हिजो राति महापूजा पश्चात सुरु भएको बोकाबली कार्यक्रम बिहान ३ बजेर ५५ मिनेटमा समाप्त भएको थियो ।

बोकाबलीका लागि चारवटा ठेहा राखिएको थियो । यस वर्ष पनि नेपालका विभिन्न भागबाट भाकल पूरा भएकाहरु बोका चढाउन आएका थिए । भारतको सीमावर्ती क्षेत्रहरुबाट पनि श्रद्धालुभक्तजनहरु बोका चढाउन आएका थिए ।अष्टमीको राती राजदेवीमा बोका बलि दिने परम्परा छ ।

स्थानीय महावीर युवा कमिटी, गणेश युवा कमिटी, राम युवा कमिटीले बोका बलिको व्यवस्थापन गरेका थिए ।बलि दिन युवा कमिटीहरूले संयुक्त रूपमा उल्लेखनीय सङ्ख्यामा स्वयंसेवक परिचालन गरेका थिए । जनकपुरधाम गुठी संस्थानले यस वर्ष बलि प्रदानका लागि प्रतिबोका ३ सय रुपैयाँका दरले लिएको थियो ।

Logo