सुरुङ्गा (झापा) । चट्याङ लागेर आज यहाँ एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बिर्तामोड नगरपालिका–३ निवासी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको हो।
आज बिहान ११ः०० बजे वर्षासँगै परेको चट्याङ लाग्दा उनी घाइते भएका थिए। मुसहर बस्ती निवासी उनी खेतमा बाख्रा लिन गए बेला चट्याङ लागेको प्रहरीले जनाएको छ।
घाइते ऋषिदेवलाई उपचारका लागि बिर्तासिटी अस्पताल लैजाँदा उनको बाटोमै मृत्यु भएको हो।































प्रतिक्रिया