नागढुंगा चेकपोष्टमा प्रहरीको माइकिङपछि काठमाडौं फर्किंदै गाडीहरू

नागढुंगा चेकपोष्टमा प्रहरीको माइकिङपछि काठमाडौं फर्किंदै गाडीहरू

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । काठमाडौंबाट बाहिरिन खोजेका सवारी साधनहरुलाई नागढुंगा चेकपोष्टबाट प्रहरीले फर्काएको छ ।

प्रहरीले माइकिङ गरेर धादिङतर्फ पहिरो खसेको र तत्काल खुलाउन सक्ने अवस्था नरहेको भन्दै अगाडि नबढ्न अनुरोध गरेको थियो । त्यसपछि नागढुंगा चेकपोस्टमा रोकिएका गाडीहरु काठमाडौं फर्कन थालेका हुन् ।

शनिबार बिहानबाटै नागढुंगा-मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै प्रहरीले माइकिङ गरिरहेको छ । ट्राफिक प्रहरीले अगाडि बढ्न नदिई काठमाडौं फर्कन गरेको सोही अनुरोधलाई मान्दै यात्रुहरु फर्किन थालेका हुन् ।

अनुरोध मानेर गाडी चालक र यात्रुहरु फर्किएकोमा प्रहरीले कृतज्ञता व्यक्त गरेको छ । ‘हाम्रो अनुरोध सुनेर फर्कनुभएका सम्पूर्ण यात्रु, चालकरसहचालक सबैमा हार्दिक कृृतज्ञता व्यक्त गर्न चाहन्छौँ,’ माइकिङमा भनिएको छ, ‘तपाईंको सुरक्षा हाम्रो जिम्मेवारी ।’

Logo