इलाममा पहिरोमा पुरिएर १७ जनाको मृत्यु

इलाममा पहिरोमा पुरिएर १७ जनाको मृत्यु

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । इलाममा बाढीपहिरोमा परी १७ जनाको मृत्यु भएको छ । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति बढी भएको छ ।

इलाम नगरपालिका-६ घोसस्थित डम्बर बहादुर तामाङको घर पहिरोले पुरिँदा घर भित्र रहेका ६ जनाको मृत्यु भएको छ । सो स्थानमा सशस्त्र प्रहरीको श्रीअन्तु गणबाट उद्धार टोली खटिएको थियो ।

यसैगरी सूर्योदय नगरपालिका-१ मानेभञ्ज्याङ्गस्थित राजु क्षेत्रीको घर पहिरोले पुर्दा ५ जनाको मृत्यु भएको छ । घर भत्किएको ठाउँबाट ४ जनाको शव निकालिएको थियो भने घाइते १ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

सो स्थानमा मानेभन्ज्याङबाट सशस्त्र प्रहरी नायव निरीक्ष सुरेन्द्र डोटेलको कमाण्डमा ७ जनाको टोली खटिएको थियो ।

यसैगरी इलामको देउमाई नगरपालिका-५ घुसेनीस्थित दीपक लिम्बुको घर पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन् । १ जनालाई सकुशल उद्धार गरिएको छ ।

यसैगरी माङसेबुङ गाउँपालिका-५ स्थित पार्टीगाउँमा मदन लिम्बुको घर पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको छ ।

फाकफोकथुम गाउँपालिका-३ रातोमाटे बस्ने ३२ वर्षीय सुरेश लिम्बुको पनि पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo